सुत्केरीलाई निःशुल्क एम्बुलेन्स सेवा
कञ्चनपुर । बेलौरी नगरपालिकाका नवनिर्वाचित नगरप्रमुख पोतिलाल चौधरीले सुत्केरीलाई निःशुल्क एम्बुलेन्स सेवा प्रदान गर्ने निर्णय गरेका छन् ।
पदभार ग्रहण गर्दै चौधरीले नगरपालिका क्षेत्रभित्र बसोबास गर्ने सुत्केरीलाई आकस्मिक अवस्थामा एम्बुलेन्स सेवा निःशुल्क रुपमा प्रदान गर्ने पहिलो निर्णय गरेका हुन । सुत्केरीको घरदेखि नगरपालिकाअन्तर्गत रहेका स्वास्थ्य केन्द्र, सेती प्रादेशिक अस्पताल तथा महाकाली प्रादेशिक अस्पतालसम्म पुर्याउनका लागि निःशुल्क रुपमा एम्बुलेन्स उपलब्ध गराउने निर्णय गरिएको नवनिर्वाचित नगरप्रमुख चौधरीले बताए ।
चौधरी दोस्रो कार्यकालका लागि नगरप्रमुख पदमा निर्वाचित भएका छन् । उनले शिक्षा, स्वास्थ्य, कृषि, बजार व्यवस्थापनका कार्यलाई तदारुकताका साथ अगाडि बढाइने बताए । “पहिलो कार्यकालमा अधुरा रहेका योजनालाई पूर्णता दिन्छौँ उनले भने, “नगर गौरवका नयाँ योजना कार्यान्वयनमा ल्याउनका लागि योजनाबद्ध रुपमा कार्य गर्छौ ।”
ताजा अपडेट
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’
-
भारतको सिक्किममा भएको सुरुङ दुर्घटनामा नौ मजदुरको मृत्यु, १५ जना अझै बेपत्ता
-
श्रम संस्कृति पार्टीका कार्यकर्ता जानकी मन्दिर परिसरभित्र प्रवेश गर्न खोज्दा लखेटिए


प्रतिक्रिया