सुत्केरीलाई निःशुल्क एम्बुलेन्स सेवा

कञ्चनपुर । बेलौरी नगरपालिकाका नवनिर्वाचित नगरप्रमुख पोतिलाल चौधरीले सुत्केरीलाई निःशुल्क एम्बुलेन्स सेवा प्रदान गर्ने निर्णय गरेका छन् ।
पदभार ग्रहण गर्दै चौधरीले नगरपालिका क्षेत्रभित्र बसोबास गर्ने सुत्केरीलाई आकस्मिक अवस्थामा एम्बुलेन्स सेवा निःशुल्क रुपमा प्रदान गर्ने पहिलो निर्णय गरेका हुन । सुत्केरीको घरदेखि नगरपालिकाअन्तर्गत रहेका स्वास्थ्य केन्द्र, सेती प्रादेशिक अस्पताल तथा महाकाली प्रादेशिक अस्पतालसम्म पुर्याउनका लागि निःशुल्क रुपमा एम्बुलेन्स उपलब्ध गराउने निर्णय गरिएको नवनिर्वाचित नगरप्रमुख चौधरीले बताए ।
चौधरी दोस्रो कार्यकालका लागि नगरप्रमुख पदमा निर्वाचित भएका छन् । उनले शिक्षा, स्वास्थ्य, कृषि, बजार व्यवस्थापनका कार्यलाई तदारुकताका साथ अगाडि बढाइने बताए । “पहिलो कार्यकालमा अधुरा रहेका योजनालाई पूर्णता दिन्छौँ उनले भने, “नगर गौरवका नयाँ योजना कार्यान्वयनमा ल्याउनका लागि योजनाबद्ध रुपमा कार्य गर्छौ ।”
ताजा अपडेट
-
रोनाल्डो फिफा क्लब विश्वकपमा सहभागी नहुने
-
गण्डकी प्रदेश सभामा नीति तथा कार्यक्रममाथि छलफल
-
अमेरिकासँगको करसम्बन्धी वार्तामा ‘प्रगति’, सम्झौता हुन बाँकी : जापान
-
आर्थिक अभावले उपचार नपाउने अवस्थाको अन्त्य हुनुपर्छ : प्रधानमन्त्री
-
अमेरिकी भन्सार शुल्कवृद्धि अन्तर्राष्ट्रिय मापदण्डविरुद्ध’
प्रतिक्रिया