किरणलाई हटाएर नवयुगलाई कप्तान बनाइयो
काठमाडौं । स्ट्राइकर नवयुग श्रेष्ठलाई नेपाली राष्ट्रिय फुटबल टोलीको नयाँ कप्तान तोकिएको छ । मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले किरण चेम्जोङको स्थानमा नवयुगलाई कप्तानीको जिम्मेवारी दिएका हुन् ।
एएफसी एसियन कप छनोटमा जानुअघि बिदाइ कार्यक्रममा उनलाई एन्फाले आज कप्तान घोषणा गरेको हो ।
अर्को वर्ष चीनमा आयोजना हुने एसियन कप छनोटको प्रशिक्षणका क्रममा मुख्य प्रशिक्षक अल्मुताइरीले १० जना खेलाडीलाई टिमबाट निकालेका थिए ।
माल्दिभ्समा व्यावसायिक फुटबल खेलिरहेका किरणले निकालिएका खेलाडीको समर्थनमा अभिव्यक्ति दिएपछि उनलाई पनि टिममा स्थान दिइएको छैन ।
नेपालले जुन ८ देखि १४ सम्म छनोट खेलहरू खेल्नेछ । जुन ८ मा नेपालले जोर्डन, ११ मा कुवेत र १४ मा इन्डोनेसियाविरुद्ध खेल्ने तालिका छ ।
छानबिन समितिले भन्यो : अलमुताइरीको विकल्प खोज्नू – NepalWatch
ताजा अपडेट
-
नयाँ बसपार्कसहित उपत्यकाका विभिन्न नाकामा यात्रुको चाप बढ्यो
-
सरकारकै तर्फबाट विन्ध्यवासिनीमा विधिपूर्वक भित्राइयो फूलपाती
-
कांग्रेस महाधिवेशनमा गगन थापालाई सर्वाधिक मत, टप टेनमा को–को परे ?
-
दसैँमा अस्पतालका आकस्मिक र शल्यक्रिया सेवा नियमित राख्न निर्देशन
-
दसैँ मनाउनुहोस्, तर मुटु जोगाउनुहोस्ः वरिष्ठ मुटुरोग विशेषज्ञ डा लम्साल


प्रतिक्रिया