अमेरिकाको प्राथमिक विद्यालयमा गोली हमला, कम्तीमा १९ को मृत्यु
काठमाडौं । अमेरिकाको एक विद्यालयमा बन्दुकधारीले आक्रमण गर्दा कम्तीमा १९ जना मारिएका छन् । मारिनेमा एक शिक्षकबाहेक सबै विद्यार्थी छन् ।
घटनामा ६६ वर्षीया एक महिला र १० वर्षीया एक बालिका गम्भीर छन् । दुई प्रहरी अधिकारी पनि घाइते छन् । तर उनीहरूको अवस्था सामान्य रहेको बताइएको छ ।
टेक्सस राज्यस्थित एउटा प्राथमिक विद्यालयमा घटना भएको हो । एक वर्षीय किशोरले अन्धाधुन्न प्राथमिक विद्यालयमा प्रवेश गरेर आक्रमण गरेको र उनको पनि मृत्यु भएको बिबिसीले जनाएको छ ।
विद्यालयमा १० वर्षसम्मका ५०० विद्यार्थी भर्ना भएको रेकर्डमा देखिएको छ ।
सरकारी अधिकारीहरूले घटनामा ज्यान गुमाउनेको संख्या थप बढ्नसक्ने अनुमान गरेका छन् ।
किशोरले आक्रमण गर्नुको कारण अहिलेसम्म खुलेको छैन ।
अमेरिकी राष्ट्रपति जो बाइडनले घटनाप्रति दुःख व्यक्त गर्दै मृतकहरूको सम्झनामा तीन दिन राष्ट्रिय झन्डा आधा झुकाउन निर्देशन दिएका छन्।
अमेरिकाकी उपराष्ट्रपति कमला ह्यारीसले यस्ता घटना आगामी दिनमा दोहोरिन नदिन उचित र समझदारीपूर्ण नीति आवश्यक रहेको औंल्याएकी छन् ।
नागरिकलाई बन्दुक राख्न दिने नीति अमेरिकाका लागि टाउको दुखाइको विषय बन्दै आएको छ । बन्दुक साथमा भएकाले सनकका भरमा गोली चलाउँदा अमेरिकामा दर्जनौंको ज्यान गइसकेको छ ।
ताजा अपडेट
-
नेपाल नामिबियासँग आठ विकेटले पराजित
-
नेपाली भूमिमा पुनः पाइला टेक्दै छु, सरकार प्रतिशोधात्मक बन्न सक्छ : शेरबहादुर देउवा
-
शिक्षा-स्वास्थ्यको कर खारेजीको निर्णय सही छ, अब बिजुलीको पनि हटाउनु पर्छ : गगन थापा
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने


प्रतिक्रिया