भेरी अस्पताल पुनः उत्कृष्ट
नेपालगञ्ज । मुलुकमा रहेका सङ्घीय अस्पतालमध्ये न्यूनतम सेवा मापदण्ड कार्यान्वयनमा नेपालगञ्जको भेरी अस्पताल उत्कृष्ट बनेको छ ।
स्वास्थ्य मन्त्रालय स्वास्थ्य सेवा विभागले गर्ने देशभरिका विभिन्न अस्पतालहरूको मूल्याङ्कनमा सो अस्पताल उत्कृष्ट घोषित भएको हो ।
मूल्याङ्कनका क्रममा अस्पतालको लेखा प्रशासन, अस्पतालभित्र चल्ने क्लिनिकल सर्भिस, सपोर्ट सर्भिस, व्यवस्थापन पक्षलगायत सबै प्रकारको अवस्था हेरेर मूल्याङ्कन गरिएको बताइएको छ । आर्थिक वर्ष २०७८/७९ मा भेरी अस्पतालले ६७ अङ्क प्राप्त गरेर उत्कृष्ट भएको अस्पताललका मेडिकल सुपरिटेन्डेण्ट डा वीरेन्द्रबहादुर चन्दले जानकारी दिए ।
मूल्याङ्कनका लागि मन्त्रालयका सहसचिवको टोली अस्पतालमा आउने र त्यसैका आधारमा अङ्क दिने गरिएको छ । गत वर्ष पनि भेरी अस्पताल ६१ अङ्क पाएर उत्कृष्ट भएकोे थियो । रेफरल अस्पतालका रूपमा रहेको भेरी अस्पताल लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका बिरामीका लागि भरोसाको केन्द्र मानिँदै आएको छ ।
ताजा अपडेट
-
म्याग्दीमा आठ वर्षपछि बृहत् खानेपानी आयोजना कार्यान्वयन हुँदै
-
फेरि बढ्यो सुनको मूल्य, आज कतिमा हुँदैछ कारोबार ?
-
एम्बुलेन्सको ठक्करबाट महिलाको मृत्यु, दुई जना घाइते
-
पृथ्वीराजमार्ग जोड्ने वैकल्पिक रानीटारी–घुम्ती १६ दिन बन्द हुने
-
जेठ १४ गते वागमती सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्ने
प्रतिक्रिया