बाइडेनले एसिया छोड्नेबित्तिकै उत्तर कोरियाले गर्यो क्षेप्यास्त्र परीक्षण
प्योङयाङ । उत्तर कोरियाले बुधबार बिहान तीनवटा ब्यालेस्टिक मिसाइल प्रहार गरेको छ । दक्षिण कोरियाको सेनाले यस्तो दाबी गरेको हो । सियोलका अधिकारीहरूले प्योङयाङको सुनान क्षेत्रबाट एक घण्टाभन्दा कम समयमा क्षेप्यास्त्रहरु प्रहार गरिएको बताए ।
अमेरिकी राष्ट्रपति जो बाइडेन पाँच दिने एसिया भ्रमणबाट फर्किएका बेला उत्तर कोरियाले यी क्षेप्यास्त्र प्रहार गरेको हो । एसिया भ्रमणमा आएका बाइडेन जापान र दक्षिण कोरिया पुगेका थिए ।
उत्तर कोरियाले यस वर्षको सुरुदेखि नै धेरै ब्यालेस्टिक मिसाइल परीक्षण गरिसकेको छ । जापानले बुधबार कम्तीमा दुईवटा मिसाइल प्रक्षेपण गरेको पुष्टि गरेको छ । यद्यपी जापानले यसको संख्या बढी हुन सक्ने बताएको छ ।
जापानका रक्षामन्त्री नोबुओ किशीले पहिलो मिसाइलले करिब ३०० किलोमिटरको दुरी र ५५० किलोमिटरको उचाइमा प्रहार गरेको बताए ।
उही समयमा, दोस्रो मिसाइल ५० किलोमिटर उचाई र लगभग ७५० किलोमिटर टाढा पुग्यो । यसले जापान र अन्तर्राष्ट्रिय समुदायको शान्ति, स्थायित्व र सुरक्षालाई खतरामा पार्ने उनको भनाइ छ ।
अमेरिका र दक्षिण कोरियाका अधिकारीहरूले यसभन्दा अघि नै बाइडेनको भ्रमणका क्रममा उत्तर कोरियाले हतियार परीक्षण गर्न सक्ने चेतावनी दिएका थिए ।
ताजा अपडेट
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’
-
भारतको सिक्किममा भएको सुरुङ दुर्घटनामा नौ मजदुरको मृत्यु, १५ जना अझै बेपत्ता
-
श्रम संस्कृति पार्टीका कार्यकर्ता जानकी मन्दिर परिसरभित्र प्रवेश गर्न खोज्दा लखेटिए


प्रतिक्रिया