भारतले चिनी निर्यातमा प्रतिबन्ध लगायो
काठमाडौं । गहुँमा प्रतिबन्ध लगाएको केही दिनमै भारतले चिनी निर्यातमा पनि प्रतिबन्ध लगाएको छ । यो प्रतिबन्ध जुन १ देखि लागू हुनेछ ।
समाचार एजेन्सी रोयटर्सका अनुसार आन्तरिक बजारमा चिनीको उपलब्धता बढाउनु र यसको मूल्य बढ्न नदिन प्रतिबन्ध लगाइएकाे हो ।
यो प्रतिबन्ध युरोपेली युनियन र अमेरिका निर्यात हुने चिनीमा लागू हुने छैन । यी क्षेत्रहरुमा सिएक्सएल र टिआरक्यू अन्तर्गत निश्चित मात्रामा चिनी निर्यात गरिने छ ।
भारत सरकारले १०० लाख मेट्रिक टनसम्म चिनी निकासी गर्न दिने निर्णय गरेको छ । भारत ब्राजिलपछि विश्वमा चिनीको दोस्रो ठूलो उत्पादक र निर्यातकर्ता हो ।
ताजा अपडेट
-
नेपाली भूमिमा पुनः पाइला टेक्दै छु, सरकार प्रतिशोधात्मक बन्न सक्छ : शेरबहादुर देउवा
-
शिक्षा-स्वास्थ्यको कर खारेजीको निर्णय सही छ, अब बिजुलीको पनि हटाउनु पर्छ : गगन थापा
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’


प्रतिक्रिया