एमालेले आज बस्ने संसद बैठक पनि अवरोध जारी राख्ने
काठमाडौं । प्रमुखप्रतिपक्षी दल नेकपा एमालेले आज दिउँसो बस्ने प्रतिनिधिसभाको बैठकमा पनि अवरोध जारी राख्ने भएको छ ।
आफुले राखिएको मागको सम्बन्धमा सभामुख अग्निप्रसाद सापकोटाले वेवास्दा गर्दै आएको भन्दै बुधबार दिउँसो १ बजे बस्ने बैठकमा अवरोध जारी राख्ने भएको हो । त्यस्तै सभामुखले अहिले ११ बजे बोलाएको कार्यव्यवस्था परामर्श समितिको बैठकमा पनि सहभागि नहुने बताएको छ ।
‘एमाले प्रमुख सचेतक विशाल भट्टराईले हामीले कारवाही गरेको १४ जना सांसदलाई कारवाही नगरेसम्म सभामुखले बोलाएको कुनै बैठकमा पनि सहभागी हुँदैनौं’, उनले भने, ‘कि त उहाँले राजिनमा दिनुपर्छ कि त १४ सांसदलाई कारवाही गर्नुपर्छ ।’
एमसिसी टेबुल गर्ने सम्बन्धमा सरकारपक्षसँग बहुमत भएकाले एमालेको भूमिका आवश्यक नपर्ने बताए । ‘सत्तागठबन्धनसँग एमसिसी अनुमोदन गर्ने आवश्यक बहुमत पुग्छ । हाम्रो आवश्यक पर्दैन । यदि संसदमा टेबुल भएको खण्डमा आवश्यकता अनुसार एमालेले निर्णय लिन्छ’, उनले भने ।
प्रधानन्यायाधीशमाथिको महाभियोग चुनाव नगर्ने सरकारको नियोजित षड्यन्त्र भएकाले त्यसको उपयुक्त समयमा जवाफ दिने बताए । एमालेको काउन्टर एट्याक कस्तो हुन्छ भन्ने प्रश्नमा उनले केही बताउन चाहेनन् ।
ताजा अपडेट
-
नेपाली भूमिमा पुनः पाइला टेक्दै छु, सरकार प्रतिशोधात्मक बन्न सक्छ : शेरबहादुर देउवा
-
शिक्षा-स्वास्थ्यको कर खारेजीको निर्णय सही छ, अब बिजुलीको पनि हटाउनु पर्छ : गगन थापा
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’


प्रतिक्रिया