फिल्म हेर्दा डराएर थिएटर छोडेर भागे दर्शक
पेरिस । फिल्म निर्माता डेभिड क्रोनेनबर्ग डरलाग्दो, स्तब्ध र विचलित फिल्महरू निर्माणका लागि परिचित छन् । यसपटक पनि उनले बनाएकाे फिल्मले यस्तै चर्चा बटुल्याे । उनले बनाएको फिल्म कान्स फिल्म फेस्टिभलमा प्रदर्शन हुँदा दर्शकहरु थिएटर छोडेर भाग्न थाले ।
साइन्स फिक्सन फिल्म बनाउने क्रोननबर्गको नयाँ फिल्म ‘क्राइम्स अफ द फ्युचर’ ले मानिसहरुलाई एकदमै फरक अनुभव दिएको छ । फिल्म ‘क्राइम्स अफ द फ्युचर’ मा यौनको भविष्यबारे चर्चा गरिएको छ ।
क्रोनेनबर्गले भने, ‘मैले त्यो फिल्म देखाउँदा धेरै मानिसहरूले सिनेमा छोडे ।’
फिल्मको अत्याधिक खुलापन र शल्यक्रियाका दृश्यहरूको बारेमा मोर्टेनसेन क्रोनेनबर्ग भन्छन्, ‘उनले दर्शकहरूलाई डराउने उद्देश्य राखेका थिएनन्, तर उनले आफ्नो १९९६ को फिल्म क्र्यासमा मानिसहरू कार दुर्घटना गराएर यौन सन्तुष्टि लिने गर्थे ।’
अभिनेता क्रिस्टन स्टीवर्ट, ली सेडो र विगो मोर्टेनसेनसँग मिलेर क्रोनेनबर्गले आफ्नो फिल्ममा भविष्यमा यौनले कस्तो रुप लिनेछ भनेर फिल्ममा देखाएका छन् ।
फिल्मले भविष्यमा कुनै समय घट्ने कथा बताउँछ, जसमा मानिसहरूले यौन सन्तुष्टिको लागि विभिन्न तरिकाहरू खोज्छन् । ७९ वर्षीय क्रोनेनबर्गका द फ्लाई, क्र्यास, एक्जिस्टेन्स आदि लगायतका थ्रिलर साइन्स फिक्सन फिल्म छन् ।
ताजा अपडेट
-
भन्सार छलीको आशङ्कामा सशस्त्र प्रहरीद्वारा ७७४ वटा गाडी नियन्त्रणमा
-
अमेरिकी संसदद्वारा ट्रम्पलाई इरानमा सैन्य कारवाही विस्तार गर्नबाट रोक्ने प्रस्ताव पारित
-
हुलाकमार्फत घरघरमै राहदानी
-
यस्तो छ आजका लागि कृषि उपजको थोक मूल्य
-
ट्राफिक कारबाहीमा एकै दिन २२ लाख ७६ हजार राजस्व संकलन


प्रतिक्रिया