आमरण अनशन बस्दै पुण्य गौतम, यी छन् ४ माग
काठमाडौं । सामाजिक सञ्जाल र युट्युबमा भाइरल भएका पुण्य गौतम आमरण अनसन बस्ने भएका छन् ।
जनजीविकाका विषयलाई उठान सहितका विभिन्न चार बुँदे माग राख्दै आजैबाट अनशन सुरु गर्न लागेको उनले बताए ।
गौतम गोकर्णेश्वर नगरपालिका वडा नम्बर ६ को कार्यालय अगाडि अनशनस्थल तोकेका छन् ।
गौतम गत महिनामात्रै एकीकृत समाजवादी परित्याग गरी एमालेमा प्रवेश गरेका थिए । सुरुवाती चरणको अनशनमा उनलाई एमालेकै समर्थक तिलक कार्कीले साथ दिने बताइएको छ ।
यी हुन् गौतमका ४ बुँदे माग :
१. पेट्रोलियम पदार्थ र खाने तेलको मूल्यवृद्धि फिर्ता लिनुपर्ने
२. नेपाल विद्युत् प्राधिकरणले ग्राहकबाट लिइरहेको न्यूनतम चार्ज घटाउनुपर्ने ।
३. सरकारले जेठदेखि लागू गरेको आइतबारे बिदा खारेज गर्नुपर्ने ।
४. निजी विद्यालयहरूले गरेको शुल्कवृद्धि फिर्ता लिनुपर्ने ।
ताजा अपडेट
-
नेपाली भूमिमा पुनः पाइला टेक्दै छु, सरकार प्रतिशोधात्मक बन्न सक्छ : शेरबहादुर देउवा
-
शिक्षा-स्वास्थ्यको कर खारेजीको निर्णय सही छ, अब बिजुलीको पनि हटाउनु पर्छ : गगन थापा
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’


प्रतिक्रिया