आमरण अनशन बस्दै पुण्य गौतम, यी छन् ४ माग

काठमाडौं । सामाजिक सञ्जाल र युट्युबमा भाइरल भएका पुण्य गौतम आमरण अनसन बस्ने भएका छन् ।
जनजीविकाका विषयलाई उठान सहितका विभिन्न चार बुँदे माग राख्दै आजैबाट अनशन सुरु गर्न लागेको उनले बताए ।
गौतम गोकर्णेश्वर नगरपालिका वडा नम्बर ६ को कार्यालय अगाडि अनशनस्थल तोकेका छन् ।
गौतम गत महिनामात्रै एकीकृत समाजवादी परित्याग गरी एमालेमा प्रवेश गरेका थिए । सुरुवाती चरणको अनशनमा उनलाई एमालेकै समर्थक तिलक कार्कीले साथ दिने बताइएको छ ।
यी हुन् गौतमका ४ बुँदे माग :
१. पेट्रोलियम पदार्थ र खाने तेलको मूल्यवृद्धि फिर्ता लिनुपर्ने
२. नेपाल विद्युत् प्राधिकरणले ग्राहकबाट लिइरहेको न्यूनतम चार्ज घटाउनुपर्ने ।
३. सरकारले जेठदेखि लागू गरेको आइतबारे बिदा खारेज गर्नुपर्ने ।
४. निजी विद्यालयहरूले गरेको शुल्कवृद्धि फिर्ता लिनुपर्ने ।
ताजा अपडेट
-
पर्यटकीय केन्द्र बन्दै तनहुँको ‘तीनखोले मन्दिर’
-
नागरिक उन्मुक्ति पार्टीद्वारा सरकारलाई दिएको समर्थन फिर्ता
-
राजमार्ग अपडेटः विभिन्न जिल्लाका सातवटा सडक पूर्ण रूपमा अवरुद्ध
-
ट्रम्पद्वारा रुसमाथि नयाँ प्रतिबन्धको सङ्केत
-
सिङ्गापुरलाई हराउँदै नेपालले जित्यो यू–१६ इस्ट जोन कपको उपाधि
प्रतिक्रिया