खानेपानी योजना सञ्चालन हुने
भक्तपुर । भक्तपुरको चाँगुनारायण नगरपालिकामा खानेपानी योजना सञ्चालन हुने भएको छ । चाँगुनरायण नगरपालिका–९ ताथली चापाटोलमा करिब आठ करोड बराबरको खानेपानी योजना सञ्चालन हुने भएको हो ।
स्थानीय समुदायलाई खानेपानी सहज बनाउन स्थानीय उपभोक्ता समितिमार्फत योजनाको काम गर्न लागेको नगरपालिका वडाध्यक्ष गणेश त्यातले जनकारी दिए। अध्यक्ष त्यातले डिपबोरिङको उद्घाटन गरी विगत लामो समयदेखि खानेपानीको चरम समस्या भोग्दै आएका ताथली नालाछापवासीको लागि सहज रुपमा खानेपानीको सुविधा दिन सञ्चालनमा ल्याएको योजनाको काम उपभोक्ता समितिले तदरुकताका साथ गर्ने विश्वास व्यक्त गरे ।
उपभोक्ता समितिका अध्यक्ष राजेन्द्र्र थापाले विगत लामो समयदेखि खानेपानीको समस्या भोग्दै आएका ताथली नालाछापबासीका लागि सहज सुलभ तरिकाबाट खानेपानीको सुविधा दिन यो योजना सञ्चालनमा ल्याएको बताए । उनले योजनाका लागि वडा र नगरपालिकाबाट समेत आवश्यक बजेट विनियोजन गनुपर्ने बताएका छन्
ताजा अपडेट
-
कोप-३१ मा नेपालको प्राथमिकता: जलवायु न्याय, अनुकूलन र हानि-नोक्सानी
-
वर्षमा एक दिन खुल्ने तलेजु भवानी मन्दिर भोलि सर्वसाधारणका लागि खुला
-
ओमानलाई हराउँदै नेपालले जोगायो ओडीआई मान्यता
-
चाडपर्व लक्षित सीमा सुरक्षामा सशस्त्र प्रहरीको सक्रियता, सुनसरीमा गस्ती तथा निगरानी तीव्र
-
एनपीएलमा एक्स्ट्रीमको रौनक, सात टिमको स्पेशल क्यान सबैको हातमा


प्रतिक्रिया