कल सेन्टर सञ्चालन गर्दै विद्युत प्रधिकरण
काठमाडाैं । विद्युत प्राधिकरणले कल सेन्टर सञ्चालन गर्ने भएको छ । प्राधिकरणले बुधबार सूचना जारी गर्दै काठमाडौं महानगरभित्र कल सेन्टर सञ्चालन गर्ने जानकारी गराएको हो ।
प्रधिकरणले ग्राहकको सहजताका लागि विद्युत सेवा आपूर्तिसम्बन्धी गुनासो तथा सूचना आदान प्रदान गर्न उपत्यका भित्रका ग्राहकलाई कल सेन्टर सञ्चालनमा ल्याएको जनाएको छ ।
प्राधिकरणको उक्त कल सेन्टरमा ग्राहकले प्राधिकरणको हटलाईन नम्बर ११५० मा सम्पर्क गरी गुनासो कल सेन्टरमा जानकारी गराउन सक्नेछन् । उक्त सेवा २४ घण्टा सञ्चालन हुने प्राधिकरणले जनाएको छ ।

ताजा अपडेट
-
नेपाली भूमिमा पुनः पाइला टेक्दै छु, सरकार प्रतिशोधात्मक बन्न सक्छ : शेरबहादुर देउवा
-
शिक्षा-स्वास्थ्यको कर खारेजीको निर्णय सही छ, अब बिजुलीको पनि हटाउनु पर्छ : गगन थापा
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’


प्रतिक्रिया