थप ५ जनामा कोरोना पुष्टि, ९ जना संक्रमणमुक्त
काठमाडौं । पछिल्लो २४ घण्टामा दुई हजार ७१७ जनामा कोरोना परीक्षण गर्दा पिसीआर विधिमा चार र एन्टीजेन विधिमा एक गरी थप पाँच जनामा कोरोना पुष्टि भएको छ । यो सँगै हालसम्म कोरोना संक्रमितको कुल संख्या पिसीआर विधिमा ९ लाख ७९ हजार ९१ र एन्टीजेन विधिमा एक लाख ४० हजार २१७ पुगेको छ ।
गत २४ घण्टामा १२८ जना सक्रिय सक्रमित छन भने ९ जना संक्रमणमुक्त भएका छन् । यो सँगै निको हुनेको संख्या ९ लाख ६७ हजार ११ पुगेको छ । जुन कुल संक्रमितको ९८.८ प्रतिशत हो ।
बुधबार एक जनाको पनि मृत्यु भएको छैन । देशभर मृत्यु हुनेको कुल संख्या ११ हजार ९५२ पुगेको छ । गत २४ घण्टामा ४७ हजार ९७९ जनाले कारोनाविरुद्ध खोप लगाएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

ताजा अपडेट
-
भन्सार छलीको आशङ्कामा सशस्त्र प्रहरीद्वारा ७७४ वटा गाडी नियन्त्रणमा
-
अमेरिकी संसदद्वारा ट्रम्पलाई इरानमा सैन्य कारवाही विस्तार गर्नबाट रोक्ने प्रस्ताव पारित
-
हुलाकमार्फत घरघरमै राहदानी
-
यस्तो छ आजका लागि कृषि उपजको थोक मूल्य
-
ट्राफिक कारबाहीमा एकै दिन २२ लाख ७६ हजार राजस्व संकलन


प्रतिक्रिया