राष्ट्रिय फुटबल टोली कतार प्रस्थान
काठमाडौं । कुवेतमा आयोजना हुने एएफसी एसिया कप छनोट खेलअघि तयारीका लागि नेपाली राष्ट्रिय फुटबल टोली बुधबार कतार प्रस्थान गरेको छ ।
नेपाली टोलीले करिब ९ दिन कतारमा तयारी गर्नेछ । यस्तै नेपालले कतारमा ओमान र टिमोर लिस्टेसँग मैत्रीपूर्ण खेल खेल्नेछ । नेपाली टोली कतारबाटै कुवेत जानेछ ।
स्ट्राइकर नवयुग श्रेष्ठको कप्तानीमा नेपालले एसिया कप छनोट खेल्नेछ ।
मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले किरण चेम्जोङको स्थानमा मंगलबारमात्र नवयुगलाई कप्तानीको जिम्मेवारी दिएका हुन् ।
नेपालले जुन ८ देखि १४ सम्म छनोट खेलहरू खेल्नेछ । जुन ८ मा नेपालले जोर्डन, ११ मा कुवेत र १४ मा इन्डोनेसियाविरुद्ध खेल्ने तालिका छ ।
नेपाली टोलीलाई मंगलबार साँझ अखिल नेपाल फुटबल संघ (एन्फा)ले बिदाइ गरेको थियो ।
ताजा अपडेट
-
नेपाली भूमिमा पुनः पाइला टेक्दै छु, सरकार प्रतिशोधात्मक बन्न सक्छ : शेरबहादुर देउवा
-
शिक्षा-स्वास्थ्यको कर खारेजीको निर्णय सही छ, अब बिजुलीको पनि हटाउनु पर्छ : गगन थापा
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’


प्रतिक्रिया