राष्ट्रिय फुटबल टोली कतार प्रस्थान

काठमाडौं । कुवेतमा आयोजना हुने एएफसी एसिया कप छनोट खेलअघि तयारीका लागि नेपाली राष्ट्रिय फुटबल टोली बुधबार कतार प्रस्थान गरेको छ ।
नेपाली टोलीले करिब ९ दिन कतारमा तयारी गर्नेछ । यस्तै नेपालले कतारमा ओमान र टिमोर लिस्टेसँग मैत्रीपूर्ण खेल खेल्नेछ । नेपाली टोली कतारबाटै कुवेत जानेछ ।
स्ट्राइकर नवयुग श्रेष्ठको कप्तानीमा नेपालले एसिया कप छनोट खेल्नेछ ।
मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले किरण चेम्जोङको स्थानमा मंगलबारमात्र नवयुगलाई कप्तानीको जिम्मेवारी दिएका हुन् ।
नेपालले जुन ८ देखि १४ सम्म छनोट खेलहरू खेल्नेछ । जुन ८ मा नेपालले जोर्डन, ११ मा कुवेत र १४ मा इन्डोनेसियाविरुद्ध खेल्ने तालिका छ ।
नेपाली टोलीलाई मंगलबार साँझ अखिल नेपाल फुटबल संघ (एन्फा)ले बिदाइ गरेको थियो ।
ताजा अपडेट
-
सहकारीका बचतकर्ताको पौने चार अर्ब फिर्ता
-
प्रमुख प्रशासकीय अधिकृतसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
-
समयमै मल र बीउ पुर्याउने गरी कानुन बनाउन लागेका छौँ : कृषि मन्त्री अधिकारी
-
कर्णाली करिडोरलाई चीन र भारतसँगको व्यापारिक मार्गका रुपमा अघि बढाइन्छ : प्रधानमन्त्री ओली
-
शिक्षा विधेयकमा सहमति जुटाउन सरकारलाई पाँच दिनको समय
प्रतिक्रिया