एलिमिनेटरमा लखनऊ र बैंगलोर भिड्दै
काठमाडौं । इन्डियन प्रिमियर लिग (आइपिएल) टि–ट्वान्टी क्रिकेटको एलिमिनेटर खेलमा अहिले नवप्रवेशी टोली लखनऊ सुपर जाइन्ट्स र रोयल च्यालेन्जर्स बैंगलोरबीच प्रतिस्पर्धा भइरहेको छ । कोलकत्तामा जारी खेलमा लखनाऊले टस जितेर फिल्डिङ रोजेको हो ।
यस खेलको विजेताले दोस्रो क्वालिफायर खेल्नेछ । यसर्थ, आज दुबै टोली जित निकाल्दै क्वालिफायर पुग्ने योजनामा रहेका छन् । आज पराजित हुने टोली बाहिरिनेछ ।
यस खेलको विजेताले पहिलो क्वालिफायरमा पराजित भएको राजस्थान रोयल्ससँग खेल्नेछ । राजस्थान पहिलो क्वालिफायरमा नवप्रवेशी गुजरात टाइटन्ससँग पराजित भएको थियो ।
तर, प्रतियोगिताको नियमअनुसार हारेपनि फाइनल प्रवेशका लागि राजस्थानले एलिमिनेटरको विजेतासँग खेल्ने मौका पाएको हो । गुजरात भने फाइनल पुगिसकेको छ ।
जारी खेलमा बैंगलोरले ४ ओभरमा एक विकेट गुमाएर २४ रन जोडेको छ ।
ताजा अपडेट
-
सहकारी ठगीमा संसदीय समिति बनाउन सहमति, कानूनमन्त्रीको नेतृत्वमा मस्यौदा कार्यदल गठन
-
राष्ट्रिय परिचयपत्र हुनेले अब लाइसेन्स बोक्नु नपर्ने
-
२५ चालकमाथि चेकजाँच हुँदा ६ जनाले लागुऔषध सेवन गरेर सवारी चलाएको भेटियो
-
नेपाल प्रहरीका चार एसएसपीको डिआइजीमा बढुवा सिफारिस, यही ब्याचबाट आइजिपी हुने
-
ट्रकको ठक्करबाट धादिङमा मोटरसाइकल चालकको मृत्यु
प्रतिक्रिया