एलिमिनेटरमा लखनऊ र बैंगलोर भिड्दै
काठमाडौं । इन्डियन प्रिमियर लिग (आइपिएल) टि–ट्वान्टी क्रिकेटको एलिमिनेटर खेलमा अहिले नवप्रवेशी टोली लखनऊ सुपर जाइन्ट्स र रोयल च्यालेन्जर्स बैंगलोरबीच प्रतिस्पर्धा भइरहेको छ । कोलकत्तामा जारी खेलमा लखनाऊले टस जितेर फिल्डिङ रोजेको हो ।
यस खेलको विजेताले दोस्रो क्वालिफायर खेल्नेछ । यसर्थ, आज दुबै टोली जित निकाल्दै क्वालिफायर पुग्ने योजनामा रहेका छन् । आज पराजित हुने टोली बाहिरिनेछ ।
यस खेलको विजेताले पहिलो क्वालिफायरमा पराजित भएको राजस्थान रोयल्ससँग खेल्नेछ । राजस्थान पहिलो क्वालिफायरमा नवप्रवेशी गुजरात टाइटन्ससँग पराजित भएको थियो ।
तर, प्रतियोगिताको नियमअनुसार हारेपनि फाइनल प्रवेशका लागि राजस्थानले एलिमिनेटरको विजेतासँग खेल्ने मौका पाएको हो । गुजरात भने फाइनल पुगिसकेको छ ।
जारी खेलमा बैंगलोरले ४ ओभरमा एक विकेट गुमाएर २४ रन जोडेको छ ।
ताजा अपडेट
-
बाढीपछि पर्यटन क्षेत्रको पुनरुत्थानका लागि सरकार र निजी क्षेत्रबीच सहकार्य
-
संयुक्त राष्ट्रसङ्घले नेपाललाई चार करोड ९६ लाख अमेरिकी डलर सहयोग गर्ने
-
रसुवा बाढी : १२ सय ९५ शव फेला, झन्डै पाँच हजार अझै बेपत्ता
-
जनकपुरका राजगुठीअन्तर्गतका पोखरी अतिक्रमण हटाउने दोस्रो चरणको प्रक्रिया शुरु, ७ दिने सार्वजनिक सूचना जारी
-
श्रीराम न्यौपानेको गुनासो– फसेकाको छिट्टै उद्धार गर्न खोज्दा हामीमाथि आक्रमण भो


प्रतिक्रिया