आफ्नै ‘डिजिटल करेन्सी’ ल्याउन राष्ट्र बैंकले थाल्यो अध्ययन
काठमाडाैं । नेपाल राष्ट्र बैंकले आफ्नै भर्चुअल मुद्रा (डिजिटल करेन्सी) ल्याउन अध्ययन थालेको छ ।
बैंकका प्रवक्ता गुणाकर भट्ले बैंकले आफ्नै डिजिटल करेन्सी ल्याउन समिति नै बनाएर छलफल सुरु गरेको जानकारी दिए । भट्टका अनुसार प्रारम्भिक चरणको अध्ययन सुरु गरिएको बताए ।
राष्ट्र बैंकको मुद्रा व्यवस्थापन विभागका निर्देशकको संयोजकत्वमा समिति गठन गरी अध्ययनको जिम्मा दिइएको उनको भनाइ छ । अध्ययनका लागि एक महिना समय पाएको समितिले अध्ययन प्रतिवेदन बुझाएपछि थप प्रक्रिया अघि बढ्ने प्रवक्ता भट्टले बताए ।
विभिन्न मूलुकमा वैधानिक रूपमा चलिरहेको क्रिप्टो करेन्सीलाई नेपाल सरकारले भने अवैध भन्दै आएको छ । छिमेकी मूलुक भारतले समेत चालु आर्थिक वर्षको बजेटमा नै समावेश गरेर आफ्नै डिजिल करेन्सी ल्याउने घोषणा गरिसकेको छ ।
नेपालमा भने क्रिप्टोकरेन्सी, हाइपर फण्ड, बिटक्वाइट, जस्ता कानुनले बन्देज लगाएका क्षेत्रमा लगानी नगर्न राष्ट्र बैंकले अनुरोध गर्दै आएको छ ।
ताजा अपडेट
-
लुम्बिनी प्रदेशमा मन्त्रिपरिषद् पुनर्गठन: पाँच नयाँ मन्त्री थपिए, जेठ २५ गते शपथ
-
एसियाली छनोटः समूह विजेता बन्ने लक्ष्यसहित आज मलेसियाविरुद्ध भिड्दै नेपाल
-
केही हिमाली तथा पहाडी भूभागमा वर्षाको सम्भावना, तराईमा गर्मी बढ्ने
-
पर्यटकीयस्थल नगरकोट : सीमाङ्कनको प्रक्रिया बीचमै छाडियो
-
अमेरिकी आक्रमणपछि इरान-अमेरिका तनाव थप चर्कियो


प्रतिक्रिया