पञ्चायतकालमा पनि नहुने धाँधली गरेर सत्तापक्षले चुनाव जित्यो : ओली
काठमाडौं । प्रमुख प्रतिपक्षी दल एमालेका नेता केपी ओलीले स्थानीय तहको निर्वाच स्वच्छ र निष्पक्ष हुन नसकेको आरोप लगाएका छन् ।
सरकारले प्रस्तुत गरेको नीति तथा कार्यक्रममाथि बिहीबार संसदमा टिप्पणी गर्दै उनले उक्त आरोप लगाएका हुन् ।
जसरी पनि निर्वाचन जित्ने र एमालेलाई पत्तासाफ गर्ने खुलमखुल्ला चुनौतीकाबीच सत्तापक्षले देशैभर धाँधली गरेर चुनाव जितेको आरोप उनले लगाए । पञ्चायतकालमा पनि नहुने धाँधली सत्ता गठबन्धनले देशैभर गरेको आरोप ओलीले लगाए ।
गठबन्धनको घोषित नीति नै एमालेलाई पत्तासाप गर्ने थियो । धुलाे चटाउने भन्ने थियाे । जहाँ निर्वाचन स्थगित भयो त्यहाँ प्रतिपक्षको कारण होइन । सत्तापक्षकै कारणा भयाे’, ओलीले आरोप लगाए, ‘गठबन्धन जसरी नै निर्वाचन जित्ने लयमा उत्रियो । यस्तो त पञ्चायतकालमा भएका चुनावमा पनि हुने थिएन ।’
उनले भोट पाउनका लागि मतदाताको हत्या भएको, हुम्लामा भोट खसालिसकेपछि कार्यकर्तामाथि आक्रमण गरी हत्या गरियो, ताप्लेजुङ र उदयपुरमा हत्या गरिएको आरोप लगाए ।
उम्मेदवारले धाधली गरी बुथ कब्जा गरेको, प्रहरी प्रशासन मुकदर्शक भएको आरोप लगाए । निर्वाचन भएको १४ दिनसम्म मतपरिणाम नआएको प्रति उनले प्रश्न उठाए । प्रतिपक्षीप्रति गठबन्धनको चौतर्फी आक्रमण गरेको आरोप लगाए । ‘
ताजा अपडेट
-
कराते टोली जापान प्रस्थान, खेलाडीलाई विमानस्थलको ‘भिआइपी’ सुविधा
-
बाढीपछि पर्यटन क्षेत्रको पुनरुत्थानका लागि सरकार र निजी क्षेत्रबीच सहकार्य
-
संयुक्त राष्ट्रसङ्घले नेपाललाई चार करोड ९६ लाख अमेरिकी डलर सहयोग गर्ने
-
रसुवा बाढी : १२ सय ९५ शव फेला, झन्डै पाँच हजार अझै बेपत्ता
-
जनकपुरका राजगुठीअन्तर्गतका पोखरी अतिक्रमण हटाउने दोस्रो चरणको प्रक्रिया शुरु, ७ दिने सार्वजनिक सूचना जारी


प्रतिक्रिया