निजगढ विमानस्थलको विकल्प खोज्न सरकारलाई सर्वोच्चको अन्तरिम आदेश
काठमाडौं । सर्वोच्च अदालतले बारामा बनाउन लागिएको निजगढ अन्तर्राष्ट्रिय विमानस्थलबारे सरकारले गरेका अहिलेसम्म गरेका सबै निर्णय बदर गरेको छ ।
वरिष्ठ अधिवक्ता प्रकाशमणि शर्मा र रञ्जुहजुर पाण्डेले दायर गरेको रिटमा अन्तिम आदेश दिँदै बिहीबार बृहत इजलासले निजगढ विमानस्थलको विकल्प खोज्न सरकारको नाममा आदेश दिएको हो ।
न्यायाधीशहरू हरिकृष्ण कार्की, विश्वम्भरप्रसाद श्रेष्ठ, ईश्वरप्रसाद खतिवडा, प्रकाशमान सिंह राउत र मनोजकुमार शर्माको बृहत इजलासले ०७१ फागुन र ०७५ मा पुसमा भएका सबै निर्णय खारेज गरेको सर्वोच्च प्रशासनले जानकारी दिएको छ ।
बाराको चारकोशे झाडी फडानी गरी विमानस्थल बनाउँदा वातावरणीय असन्तुलन भइ त्यसले दीर्घकालीन असर गर्ने भन्दै सर्वोच्चमा रिट दायर गरेका थिए ।
ताजा अपडेट
-
प्रधानमन्त्रीको विश्वासको मत संकटमा !
-
नेपाली सेनाका क्याप्टेन हिरासतमा
-
संसदमा रवि लामिछानेको टेलिभिजन प्रस्तोताको शैली, गगनदेखि चित्रबहादुरसम्मलाई संगिन आरोप
-
श्रीलंकामा आर्थिक संकटका कारण रोकिएको विद्यार्थीको स्वास्थ्य बिमा कार्यक्रम पुनः सञ्चालन
-
‘केटी काण्ड’ले प्रहरी जवानको हत्या
प्रतिक्रिया