तिलोत्तमाको मेयर कांग्रेसको पोल्टामा
काठमाडौं । रूपन्देहीको तिलोत्तमा नगरपालिकाको मेयरमा नेपाली कांग्रेसका रामकृष्ण खाँण विजयी भएका छन् ।
नेकपा एमालेका मोहन चापागाईंलाई पराजित गर्दै खाँण मेयरमा निर्वाचित भएका हुन् ।
खाँणले २४ हजार ३९६ मतका साथ जित हासिल गर्दा चापागाईं २३ हजार ६३१ मतमा रोकिए ।
मेयरका लागि गरेको दोस्रो प्रयासमा खाँण विजयी बनेका हुन् । उनी ०७४ को स्थानीय तह निर्वाचनमा एमालेका बासुदेव घिमिरेसँग पराजित भएका थिए ।
उपमेयरमा एमालेकी जगेश्वरी चौधरी विजयी भएकी छन् । चौधरीले २३ हजार ८६ मत ल्याइन् भने हेमन्त पाण्डेले ११ हजार ५४६ मत पाए ।
ताजा अपडेट
-
अमेरिकी संसदद्वारा ट्रम्पलाई इरानमा सैन्य कारवाही विस्तार गर्नबाट रोक्ने प्रस्ताव पारित
-
हुलाकमार्फत घरघरमै राहदानी
-
यस्तो छ आजका लागि कृषि उपजको थोक मूल्य
-
ट्राफिक कारबाहीमा एकै दिन २२ लाख ७६ हजार राजस्व संकलन
-
परराष्ट्रमन्त्री खनाल शनिबारदेखि तीनदिने औपचारिक भ्रमणमा भारत जाँदै


प्रतिक्रिया