इरानमा व्यापारिक भवन भत्किँदा १९ जनाको मृत्यु

काठमाडौं (एजेन्सी) । इरानको दक्षिणपश्चिमी शहर अबादानमा १० तले व्यापारिक भवन भत्किँदा मृत्यु हुनेको सङ्ख्या १९ पुगेको छ ।
स्थानीय अधिकारीलाई उद्धृत गर्दै बिहीबार इरानको अर्ध–सरकारी समाचार संस्था, आइएसएनएले जनाएको छ । अहिलेसम्म उक्त दुर्घटनामा ३७ जना घाइते भएको जानकारी प्राप्त भएको छ ।
उनीहरूको स्थानीय अस्पतालमा उपचार भइरहेको खुजेष्टन प्रान्तका उप गभर्नर एहसन अब्बासपुरले आइएसएनएलाई बताए ।
अब्बासपुर र अन्य स्रोतबाट प्राप्त रिपोर्टअनुसार उद्धार कार्यमा लगभग दुई हजार उद्धारकहरू संलग्न रहेको बताइएको छ । सरकारले उद्धार कार्यलाई अन्तिमसम्म जारी राख्ने जनाएको छ ।
मंगलबार उक्त भवनमालिक र ठेकेदारको पनि हत्या भएको घटनापछि १० जनालाई पक्राउ गरिएको मिजान समाचार संस्थाले जनाएको छ ।
निर्माणाधीन भवन अबागान शहरको भीडभाड सडकमा अवस्थित छ । यसको वरिपरि व्यापारिक तथा चिकित्सा परिसरहरू छन् ।
ताजा अपडेट
-
बैठक नै नबसी प्रतिनिधि सभाको बैठक आइतबारसम्मका लागि स्थगित
-
‘उपत्यकाका नदी स्वच्छ बनाउन तीन अर्ब ४२ करोड बजेट’
-
सबै कर्मचारीलाई स्वास्थ्य बीमामा आबद्ध गर्ने मन्त्रालयको तयारी
-
नागरिकता ऐन संशोधन विधेयक छिटो पारित गर्न गृहमन्त्रीको आग्रह
-
विश्व वातावरण दिवसको अवसरमा ग्लोबल आइएमई बैंककाे वृहत् बृक्षारोपण कार्यक्रम आयोजना
प्रतिक्रिया