युरोपमा मङ्कीपक्सका संक्रमितको संख्या वृद्धि, विशेष सतर्कता अपनाउन आह्वान
काठमाडौं (एजेन्सी) । युरोपेली मुलुकहरुमा पछिल्लो समय मङ्कीपक्सबाट संक्रमितहरूको संख्या बढ्दै गएको छ ।
युरोपेली स्वास्थ्य अधिकारीहरुले मङ्कीपक्स फैलिएका मुलुकहरुमा उच्च सतर्कता अपनाउन पनि आग्रह गरेका छन् ।
सङ्क्रमण थप फैलिन नदिन र फैलिएकाहरूलाई पनि नियन्त्रण गर्न विभिन्न उपाय अपनाउनुपर्नेमा उनीहरुको जोड छ ।
यो रोग नयाँ भने नभएको र अहिले भइरहेकै खोपहरूले पनि काम गर्ने भएकाले त्यसको प्रयोग बढाउन पनि अधिकारीको सुझाव छ ।
मङ्कीपक्सका कारण मृत्यु नै हुने नभएपनि शरिरमा विमिरा तथा फोका आउने, घाउ हुनेलगायतका स्वास्थ्य समस्या हुने गरेको चिकित्सकहरूले बताएका छन् ।
अफ्रिकाका कतिपय ठाँउमा मङ्कीपक्स पहिला पनि देखिने गरेको र अहिले फैलिने क्रम बढेकाले विश्वभरी त्रास सिर्जना गरेको युरोपेली स्वास्थ्य अधिकारीहरूको भनाइ छ ।
अहिले युरोपेली मुलुकहरू बेलायतलगायतका देशमा मङ्कीपक्सबाट सङ्क्रमितको सङ्ख्या बढेको छ । अहिलेसम्म बेलायतमा ७१ मा सङ्क्रमण भएको पुष्टि गरिएको छ भने स्पेनमा ५५ जनालाई मङ्कीपक्सको सङ्क्रमण देखिएको छ ।
ताजा अपडेट
-
कोप-३१ मा नेपालको प्राथमिकता: जलवायु न्याय, अनुकूलन र हानि-नोक्सानी
-
वर्षमा एक दिन खुल्ने तलेजु भवानी मन्दिर भोलि सर्वसाधारणका लागि खुला
-
ओमानलाई हराउँदै नेपालले जोगायो ओडीआई मान्यता
-
चाडपर्व लक्षित सीमा सुरक्षामा सशस्त्र प्रहरीको सक्रियता, सुनसरीमा गस्ती तथा निगरानी तीव्र
-
एनपीएलमा एक्स्ट्रीमको रौनक, सात टिमको स्पेशल क्यान सबैको हातमा


प्रतिक्रिया