राजस्थान आइपिएलको फाइनलमा
काठमाडौं । राजस्थान रोयल्स इन्डियन प्रिमियर लिग (आईपीएल) को फाइनलमा पुगेको छ । गएराति सम्पन्न खेलमा रोयल च्यालेन्जर्स बैंगलोरलाई हराउँदै राजस्थान फाइनल प्रवेश गरेको हो ।
राजस्थानलाई बैंगलोरले १५८ रनको लक्ष्य दिएको थियो । राजस्थानका जोस बट्लरको नटआउट १०६ रनको योगदान दिए । त्यसैगरी, कप्तान सञ्जु सामसनले २३, याशभी जैशवालले २१, देबदुत पडीकल ९ र शिम्रन हेटमायरले २ रन बनाएका थिए ।
यसक्रममा बैंगलोरका जोश हाजलउडले २ र वानिन्दु हसरंगा डी सिल्भाले एक विकेट लिएका थिए ।
बैंगलोरले भने २० ओभरमा ८ विकेट गुमाउँदै १५७ रन जोडेको थियो ।
बैंगलोरका लागि रजत पटिदारले ५८, कप्तान फाफ डु प्लेसिसले २५, ग्लेन म्याक्सवेलले २४ र साहबाज अहमेद १२ रन जोडे ।
आइपिएलको फाइनलमा यसअघि नै गुजरात टाइटन्स प्रवेश गरिसकेको छ । आइतबार राति हुने खेलमा राजस्थानले गुजरातसँग प्रतिस्पर्धा गर्नेछ ।
ताजा अपडेट
-
कराते टोली जापान प्रस्थान, खेलाडीलाई विमानस्थलको ‘भिआइपी’ सुविधा
-
बाढीपछि पर्यटन क्षेत्रको पुनरुत्थानका लागि सरकार र निजी क्षेत्रबीच सहकार्य
-
संयुक्त राष्ट्रसङ्घले नेपाललाई चार करोड ९६ लाख अमेरिकी डलर सहयोग गर्ने
-
रसुवा बाढी : १२ सय ९५ शव फेला, झन्डै पाँच हजार अझै बेपत्ता
-
जनकपुरका राजगुठीअन्तर्गतका पोखरी अतिक्रमण हटाउने दोस्रो चरणको प्रक्रिया शुरु, ७ दिने सार्वजनिक सूचना जारी


प्रतिक्रिया