राजस्थान आइपिएलको फाइनलमा
काठमाडौं । राजस्थान रोयल्स इन्डियन प्रिमियर लिग (आईपीएल) को फाइनलमा पुगेको छ । गएराति सम्पन्न खेलमा रोयल च्यालेन्जर्स बैंगलोरलाई हराउँदै राजस्थान फाइनल प्रवेश गरेको हो ।
राजस्थानलाई बैंगलोरले १५८ रनको लक्ष्य दिएको थियो । राजस्थानका जोस बट्लरको नटआउट १०६ रनको योगदान दिए । त्यसैगरी, कप्तान सञ्जु सामसनले २३, याशभी जैशवालले २१, देबदुत पडीकल ९ र शिम्रन हेटमायरले २ रन बनाएका थिए ।
यसक्रममा बैंगलोरका जोश हाजलउडले २ र वानिन्दु हसरंगा डी सिल्भाले एक विकेट लिएका थिए ।
बैंगलोरले भने २० ओभरमा ८ विकेट गुमाउँदै १५७ रन जोडेको थियो ।
बैंगलोरका लागि रजत पटिदारले ५८, कप्तान फाफ डु प्लेसिसले २५, ग्लेन म्याक्सवेलले २४ र साहबाज अहमेद १२ रन जोडे ।
आइपिएलको फाइनलमा यसअघि नै गुजरात टाइटन्स प्रवेश गरिसकेको छ । आइतबार राति हुने खेलमा राजस्थानले गुजरातसँग प्रतिस्पर्धा गर्नेछ ।
ताजा अपडेट
-
कोप-३१ मा नेपालको प्राथमिकता: जलवायु न्याय, अनुकूलन र हानि-नोक्सानी
-
वर्षमा एक दिन खुल्ने तलेजु भवानी मन्दिर भोलि सर्वसाधारणका लागि खुला
-
ओमानलाई हराउँदै नेपालले जोगायो ओडीआई मान्यता
-
चाडपर्व लक्षित सीमा सुरक्षामा सशस्त्र प्रहरीको सक्रियता, सुनसरीमा गस्ती तथा निगरानी तीव्र
-
एनपीएलमा एक्स्ट्रीमको रौनक, सात टिमको स्पेशल क्यान सबैको हातमा


प्रतिक्रिया