अन्तिमपटक घोडेपानीमा रिपोर्ट भएको थियो ताराको जहाज, रेस्क्यूका लागि हेलिकाेप्टर पठाइयाे
काठमाडौं । विहान ९ बजेर ५५ मिनेटमा पोखराबाट जोमसोमका लागि उडेको तारा एयरलाइन्सको जहाज अन्तिम पटक घोडेपानीमा रिपोर्ट भएको जनाइएको छ ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रवक्ता टेकनाथ सिटौलाका अनुसार ताराको ९ एनएईटी कलसाइनको जहाज अन्तिम पटक घोडेपानीमा रिपोर्ट भएको थियो ।
सिटौलाका अनुसार हाल प्राधिकरणले रेस्क्यूका लागि घोडेपानीमा फिसटेल एयरको हेलिकोप्टर पठाएको छ ।
मुस्ताङका प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्माले हराएको विमानबारे अहिलेसम्म कुनै जानकारी प्राप्त नभएको नेपालवाचलाई बताए ।
‘हराएको विमानबारे अहिलेसम्म केही पत्तो लागेको छैन । हामी सोधीखोजी गरिरहेका छौं,’ उनले भने ।
१९ यात्रु सवार जहाज क्याप्टेन प्रभाकर घिमिरेले उडाएका हुन् । जसमा चार भारतीय, दुई अन्य देशका विदेशी र १३ नेपाली सवार छन् ।
ताजा अपडेट
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’
-
भारतको सिक्किममा भएको सुरुङ दुर्घटनामा नौ मजदुरको मृत्यु, १५ जना अझै बेपत्ता
-
श्रम संस्कृति पार्टीका कार्यकर्ता जानकी मन्दिर परिसरभित्र प्रवेश गर्न खोज्दा लखेटिए


प्रतिक्रिया