अन्तिमपटक घोडेपानीमा रिपोर्ट भएको थियो ताराको जहाज, रेस्क्यूका लागि हेलिकाेप्टर पठाइयाे
काठमाडौं । विहान ९ बजेर ५५ मिनेटमा पोखराबाट जोमसोमका लागि उडेको तारा एयरलाइन्सको जहाज अन्तिम पटक घोडेपानीमा रिपोर्ट भएको जनाइएको छ ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रवक्ता टेकनाथ सिटौलाका अनुसार ताराको ९ एनएईटी कलसाइनको जहाज अन्तिम पटक घोडेपानीमा रिपोर्ट भएको थियो ।
सिटौलाका अनुसार हाल प्राधिकरणले रेस्क्यूका लागि घोडेपानीमा फिसटेल एयरको हेलिकोप्टर पठाएको छ ।
मुस्ताङका प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्माले हराएको विमानबारे अहिलेसम्म कुनै जानकारी प्राप्त नभएको नेपालवाचलाई बताए ।
‘हराएको विमानबारे अहिलेसम्म केही पत्तो लागेको छैन । हामी सोधीखोजी गरिरहेका छौं,’ उनले भने ।
१९ यात्रु सवार जहाज क्याप्टेन प्रभाकर घिमिरेले उडाएका हुन् । जसमा चार भारतीय, दुई अन्य देशका विदेशी र १३ नेपाली सवार छन् ।
ताजा अपडेट
-
कोप-३१ मा नेपालको प्राथमिकता: जलवायु न्याय, अनुकूलन र हानि-नोक्सानी
-
वर्षमा एक दिन खुल्ने तलेजु भवानी मन्दिर भोलि सर्वसाधारणका लागि खुला
-
ओमानलाई हराउँदै नेपालले जोगायो ओडीआई मान्यता
-
चाडपर्व लक्षित सीमा सुरक्षामा सशस्त्र प्रहरीको सक्रियता, सुनसरीमा गस्ती तथा निगरानी तीव्र
-
एनपीएलमा एक्स्ट्रीमको रौनक, सात टिमको स्पेशल क्यान सबैको हातमा


प्रतिक्रिया