यी हुन् हराएको तारा एयरको जहाजमा सवार २२ जना (सूचीसहित)

काठमाडाैं । आज बिहान ९ बजेर ५५ मिनेटमा पोखराबाट मुस्ताङको जोमसोमका लागि उडेको तारा एयरको (९ एएनएइटी कल साइनको ट्वीनअटर जहाज) मुस्ताङको लेते नजिककै अग्लो पहाडमा दुर्घटनाग्रत भएको अाशंका गरिएकाे छ ।
म्याग्दीका सहायक प्रमुख जिल्ला अधिकारी अर्जुन शर्माले लेते घासाको बीचमा पर्ने भूभागमा जहाज दुर्घटनामा परेको आशंकाका बीच खोजी भइरहेको जानकारी दिए । कुहिरोका कारण हेलिकोप्टरसमेत गन्तव्यमा पुग्न कठिन भएको छ । दुर्घटना भएको आशंका गरिएको ठाउँमा पुग्न लेतेबाट हिँडेर जान ५ घण्टा लाग्ने जानकारी शर्माले दिए ।
जहाजमा २ जर्मन, ४ भारतीय र १३ नेपाली नागरिक गरी १९ जना सवार भएको खुलेको छ । जहाज क्याप्टेन प्रभाकर घिमिरेले उडाएका थिए । तीन चालक दल सदस्य गरी २२ जना सवार छन् ।
उक्त जहाजमा सवार हुनेहरूको विवरण :
चालक दलका सदस्य :
१.क्याप्टेन प्रभाकर घिमिरे
२. उत्सव पोखरेल
३. एयर होस्टेज कृष्टि थापा
यात्रुहरू :
१. बान्देकर वैसवी
२.इन्द्रबहादुर गोले
३. पुरुषोत्तम गोले
४. राजनकुमार गोले
५. मेइक ग्रिटग्राफ
६. वसन्त लामा
७. गणेशनारायण श्रेष्ठ
८.रवीना श्रेष्ठ
९.रश्मि श्रेष्ठ
१०.रोजिना श्रेष्ठ
११. प्रकाश सुनुवार
१२. मकरबहादुर तामाङ
१३. राममाया तामाङ
१४. सुकुमाया तामाङ
१५. तुलसादेवी तामाङ
१६. अशोककुमार त्रिपाठी
१७. धनुश त्रिपाठी
१८. ऋतिका त्रिपाठी
१९. वी विलनर ।
ताजा अपडेट
-
भारतबाट फर्केका सुदूरपश्चिमका पाँच जनामा कोरोना सङ्क्रमण
-
मुलुकको अर्थतन्त्र विस्तारै लयमा फर्कँदै छ : महासचिव पोखरेल
-
मुन्दुम अन्तर्राष्ट्रिय कला सङ्ग्रहालय भवन निर्माणका लागि तीन करोड बजेट
-
नारायणगढ–बुटवल सडक खण्ड अवरुद्ध
-
मधेश प्रदेशद्वारा ‘बच्चाके स्कुल पठाऊ, साक्षरताके दीप जलाऊ’ कार्यक्रम घोषणा
प्रतिक्रिया