त्रिभुवन विमानस्थल दोस्रो टर्मिनल भवन निर्माण गर्न २ अर्ब २० करोड विनियोजन
काठमाडाैं । सरकारले त्रिभुवन विमानस्थल दोस्रो टर्मिनल भवन निर्माण गर्न २ अर्ब २० करोड विनियोजन गरेको छ । आगामी आर्थिक वर्ष २०७९-८० को बजेट भाषण गर्दै अर्थमन्त्री जनार्दन शर्माले सो रकम विनियोजन गरेका हुन् ।
त्रिभुवन विमानस्थको चाप व्यवस्थित गर्न र दोस्रो टर्मिनल भवन बनाउन समेत बजेट विनियोजन भएको छ । गौतमबुद्ध र पोखरा विमानस्थललाई पूर्ण रुपमा सञ्चालनमा ल्याउने घोषणासमेत अर्थमन्त्रीले गरेका हुन् ।
सरकारले निजगढ विमानस्थललाई बजेटमा समेटेको छ । अर्थमन्त्री शर्माले निगजढ विमानस्थलको ढाँचा निर्माण गरी लगानी बोर्डबाट आयोजना विकास कार्य अगाडि बढाउने योजना बजेटमार्फत सार्वजनिक गरेका छन् ।
हवाई तथा यात्रु चापको विश्लेषणका आधारमा गौतमबुद्धमा समेत दोस्रो टर्मिनल बनाइने भएको छ ।
ताजा अपडेट
-
प्रधानमन्त्रीको विश्वासको मत संकटमा !
-
नेपाली सेनाका क्याप्टेन हिरासतमा
-
संसदमा रवि लामिछानेको टेलिभिजन प्रस्तोताको शैली, गगनदेखि चित्रबहादुरसम्मलाई संगिन आरोप
-
श्रीलंकामा आर्थिक संकटका कारण रोकिएको विद्यार्थीको स्वास्थ्य बिमा कार्यक्रम पुनः सञ्चालन
-
‘केटी काण्ड’ले प्रहरी जवानको हत्या
प्रतिक्रिया