कति बढ्यो कर्मचारीको तलब ?
काठमाडौं । सरकारले राष्ट्रसेवक कर्मचारीको तलब वृद्धि गरेको छ । सबै तलका कर्मचारीको तलव १५ प्रतिशतले वृद्धि भएको हो ।
कर्मचारीहरूले पाउँदै आएको भत्ता यथावत हुनेछ भने सरकारले तलव वृद्धि आयोगको पनि गठन गर्ने भएको छ ।
आइतबार अर्थमन्त्री जनार्दन शर्माले आगामी आर्थिक वर्ष २०७९-८० को बजेट प्रस्तुत गर्दै कर्मचारीको तलव वृद्धि भएको घोषणा गरेका हुन् ।
निजामती सेवा ऐनमा हरेक दुई वर्षमा तलब पुनरावलोकन हुनुपर्ने व्यवस्था उल्लेख गरिएपनि तीन वर्षपछि कर्मचारीको तलब वृद्धि भएको हो ।
अघिल्लो अर्थिक वर्षमा पनि तलब बढ्ने विषय हल्लामा मात्रै सीमित भएको थियो । सो आवमा सरकारले कोरोना महामारीले अर्थतन्त्रलाई पारेको प्रभावको कारण देखाउँदै तलबवृद्धि गर्नबाट पन्छिएको थियो ।
चितवनलाई केन्द्रमा राखेर ३ द्रुतमार्ग निर्माण गरिने – NepalWatch
ताजा अपडेट
-
नालामा पुल भाँचियो : राजधानी जाने वैकल्पिक सडक अवरुद्ध
-
यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर, कुन देशको कति ?
-
आज पाँच प्रदेशमा धेरै भारी वर्षाको सम्भावना, आवश्यक सतर्कता अपनाउन आग्रह
-
काठमाडौं उपत्यकासहित विभिन्न क्षेत्रमा वर्षा
-
प्रदूषणजन्य विपद् जोखिम न्यूनीकरणसम्बन्धी कार्ययोजनाको मस्यौदा तयार
प्रतिक्रिया