कति बढ्यो कर्मचारीको तलब ?
काठमाडौं । सरकारले राष्ट्रसेवक कर्मचारीको तलब वृद्धि गरेको छ । सबै तलका कर्मचारीको तलव १५ प्रतिशतले वृद्धि भएको हो ।
कर्मचारीहरूले पाउँदै आएको भत्ता यथावत हुनेछ भने सरकारले तलव वृद्धि आयोगको पनि गठन गर्ने भएको छ ।
आइतबार अर्थमन्त्री जनार्दन शर्माले आगामी आर्थिक वर्ष २०७९-८० को बजेट प्रस्तुत गर्दै कर्मचारीको तलव वृद्धि भएको घोषणा गरेका हुन् ।
निजामती सेवा ऐनमा हरेक दुई वर्षमा तलब पुनरावलोकन हुनुपर्ने व्यवस्था उल्लेख गरिएपनि तीन वर्षपछि कर्मचारीको तलब वृद्धि भएको हो ।
अघिल्लो अर्थिक वर्षमा पनि तलब बढ्ने विषय हल्लामा मात्रै सीमित भएको थियो । सो आवमा सरकारले कोरोना महामारीले अर्थतन्त्रलाई पारेको प्रभावको कारण देखाउँदै तलबवृद्धि गर्नबाट पन्छिएको थियो ।
चितवनलाई केन्द्रमा राखेर ३ द्रुतमार्ग निर्माण गरिने – NepalWatch
ताजा अपडेट
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’
-
भारतको सिक्किममा भएको सुरुङ दुर्घटनामा नौ मजदुरको मृत्यु, १५ जना अझै बेपत्ता
-
श्रम संस्कृति पार्टीका कार्यकर्ता जानकी मन्दिर परिसरभित्र प्रवेश गर्न खोज्दा लखेटिए


प्रतिक्रिया