सम्पर्कविहीन विमानमा एकै परिवारका सात जना रहेको पुष्टि

काठमाडौं । आइतबार बिहानदेखि सम्पर्कविहीन तारा एयरको विमानमा एकै परिवारको सात जना रहेको पुष्टि भएको छ ।
पोखराबाट जोमसोमको लागि उडेको तारा एयरको जहाज आज बिहानदेखि सम्पर्कविहीन छ । सो एयरका अनुसार उक्त विमानमा चालक दलका तीन सदस्यसहित २२ यात्रुहरू सवार रहेकामध्ये धनुषाको मिथिला नगरपालिका–११, लोटा गाउँका एकै परिवारका सात जना रहेको पुष्टि भएको छ ।
विमानमा राजनकुमार गोले, उनका बुबा इन्द्रबहादुर गोले, आमा राममाया तामाङ, काका पुरुषोत्तम गोले, काकी तुलसादेवी तामाङ, मामा मकरबहादुर तामाङ र माइजु सुकुमाया तामाङ रहेको परिवारजनले पुष्टि गरेको छ ।
गोले परिवार मुक्तिनाथ दर्शनका लागि विमानबाट जोमसोम जाँदै थिए । विमान बेपत्ता भएको खबरले परिवारमा सन्नाटा छ भने गाउँ चिन्तामा डुबेको छ ।
सम्पर्कविहीन भएको जहाजमा १३ नेपाली, चार भारतीय, दुई जर्मन नागरिक र चालक दलका तीन सदस्यसहित २२ सवार रहेको जनाइएको छ ।
ताजा अपडेट
-
सुदूर पश्चिमका पूर्वमुख्यमन्त्री सोडारीविरुद्ध भ्रष्टाचार मुद्दा
-
प्रधानमन्त्रीसहित प्रमुख तीन दलका शीर्ष नेताको छलफल सुरु
-
सरकार र यातायात व्यवसायीबीच वार्ता सुरु
-
सुजित घिमिरे र देवी घर्तीको स्वरमा ‘सिसा झ्यालैमा’ गीत सार्वजनिक (भिडियाेसहित)
-
सङ्घीय सरकारबाट प्रदेशलाई जाने बजेटः कर्णालीलाई सबैभन्दा बढी, गण्डकीलाई कम
प्रतिक्रिया