बालेन साहले आज मेयरको शपथ लिँदै

काठमाडौं । काठमाडौं महानगरपालिकाका नवनिर्वाचित मेयर बालेन्द्र साह (वालेन) ले आज पद तथा गोपनीयताको शपथ ग्रहण लिने भएका छन् ।
काठमाडौं महानगरपालिकाले सोमबार बिहान ११ बजेका लागि राष्ट्रिय सभा गृहमा शपथ ग्रहण कार्यक्रम तय गरिएको जनाएको छ ।
मेयर साहलाई महानगरका मुख्य निर्वाचन अधिकृत राजुकुमार खतिवडाले पद तथा गोपनीयताको शपथ ग्रहण गराउनेछन् ।
त्यसैगरी, उपमेयर, वडाध्यक्ष र वडा सदस्यको शपथ पनि आज नै राखिएको छ । उनीहरूलाई मेयर साहले सपथ गराउनेछन् ।
शपथ ग्रहणपछि आजै मेयर, उपमेयर, वडाध्यक्ष, वडा सदस्यले पदभार ग्रहण गर्ने कार्यक्रम छ ।
प्रतिक्रिया