दुर्घटना अपडेट : पहिचान हुने अवस्थामा छैनन् शव
काठमाडौं । तारा एयरलाइन्सको सम्पर्कविहीन जहाज मुस्ताङको थासाङ गाउँपालिका– २ स्थित सानोस्वारमा दुर्घटनाग्रस्त अवस्थामा भेटिएको छ । १४ हजार पाँच सय फिटमा खसेको जहाज टुक्रा–टुक्रा अवस्थामा भेटिएको हो ।
जहाज दुर्घटनाग्रस्त अवस्थामा भेटिएको खबर पाएलगत्तै नेपाली सेना र प्रहरीको टोली उद्धारका लागि घटनास्थल पुगेका छन् ।
नेपाल नागरिक उड्डयन प्राधिकरणका प्रवक्ता देवचन्द्रलाल कर्णका अनुसार, घटनास्थलमा केही शव भेटिएका छन् । तर शवहरू पहिचान हुने अवस्थामा छैनन् ।
‘जहाज भेटिएकै ठाउँको वरिपरि शव भेटिएका छन् । १२ वटा जति भेटिएको हो कि भन्ने खबर आएको छ,’ उनले भने, ‘तर, सबै टुक्रा–टुक्रा अवस्थामा फेला परेको हुँदा ठीक यति नै भनेर यकिन गर्न सकिने अवस्था छैन । सबै शवलाई काठमाडौं ल्याएर फोरेन्सिक परीक्षण गरेपछि पत्ता लाग्छ ।’
अहिलेसम्म घटनास्थलमा कोही पनि जीवित अवस्थामा नभेटिएको पनि उनले जनाकारी दिए ।
उद्धारको कम सकिनासाथ प्राधिकरणले दुर्घटनाको छानविनका लागि समिति गठन गर्ने कर्णले जनाएका छन् ।
आइतबार जोमसोमका लागि विहान ९ बजेर ५५ मिनेटमा पोखराको धवानमार्ग छोडेको ताराको ९ एनएइटी कलसाइनको जहाज सम्पर्कविहिन भएको थियो । जहाजमा चालक दलका सदस्यसहित २२ यात्रु सवार थिए ।
ताजा अपडेट
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’
-
भारतको सिक्किममा भएको सुरुङ दुर्घटनामा नौ मजदुरको मृत्यु, १५ जना अझै बेपत्ता
-
श्रम संस्कृति पार्टीका कार्यकर्ता जानकी मन्दिर परिसरभित्र प्रवेश गर्न खोज्दा लखेटिए


प्रतिक्रिया