आमाबुवा, मामामाइजू र काकाकाकीलाई मुक्तिनाथ लैजाँदै थिए राजनले
काठमाडौं । आइतबार बिहान पोखराबाट जोमसोम उडेको तारा एयरको विमान मुस्ताङको थासाङ गाउँपालिकाको सानोस्वरेमा दुर्घटनाग्रस्त अवस्थामा सोमबार बिहान फेला पर्यो ।
जहाज दुर्घटनामा परी धनुषाका एकै परिवारका सात जनाको मृत्यु भएको छ ।
धनुषाको मिथिला नगरपालिका-११ लोटाका राजन गोलेले आफ्ना आमा बुवा, काकाकाकी, मामा माइजूलाई मुक्तिनाथ मन्दिर दर्शनका लागि लिएर गएका थिए । गोले लामो समय नेकपा एमालेको राजनीतिमा थिए ।
उनले एमाले विभाजन भएसँगै माधवकुमार नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादीको मधेश प्रदेश कमिटीको सदस्यता लिए ।
बुवा इन्द्रबहादुर गोले, आमा राममाया तामाङ, काका पुरूषोत्तम गोले, काकी तुलसादेवी तामाङ, मामा मकरबहादुर तामाङ र माइजु सुकुमाया तामाङ शुक्रबार धनुषाबाट काठमाडौं आएर शनिबार पोखरा पुगेका थिए ।
राजकुमारका श्रीमती र दुई छोराछोरी छन् ।
ताजा अपडेट
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’
-
भारतको सिक्किममा भएको सुरुङ दुर्घटनामा नौ मजदुरको मृत्यु, १५ जना अझै बेपत्ता
-
श्रम संस्कृति पार्टीका कार्यकर्ता जानकी मन्दिर परिसरभित्र प्रवेश गर्न खोज्दा लखेटिए


प्रतिक्रिया