ब्राजिलमा भीषण वर्षाबाट ५६ को मृत्यु

काठमाडौं । ब्राजिलको उत्तरपूर्वी राज्य पर्नाम्बुकोमा भारी वर्षाका कारण आएको बाढी तथा पहिरोका कारण मृत्यु हुनेको संख्या ५६ पुगेको छ ।
व्यापक वर्षाका कारण आएको बाढी र पहिरोमा परी ५६ जनाको मृत्यु भएको र अझै बेपत्ता हुनेको सङ्ख्या ५६ रहेको आइतबार स्थानीय अधिकारीले जानकारी दिएका छन् ।
बाढी र पहिरोबाट प्रभावित व्यक्तिको उद्धारमा करिब चार हजार उद्धारकर्मी खटाइएको छ ।
उत्तरपूर्वी पर्नाम्बुको राज्यको राजधानी रेसिफ सहर सबैभन्दा बढी प्रभावित भएको छ । उक्त सहरमा मात्र ३० भन्दा बढी मानिसको मृत्यु भएको प्रहरीले पुष्टि गरेको छ ।
ब्राजिलका राष्ट्रपति जाइर बोल्सोनारोले स्थितिको मूल्याङ्कन गर्न सोमबार रेसिफ को भ्रमण गर्ने उहाँले ट्वीटरमार्फत् प्रेषित एक सन्देशमा जानकारी गराउनुभएको छ ।
छिमेकी राज्य अलागोसमा बाढीका कारण दुई जनाको मृत्यु भएको र करिब सात हजार विस्थापित भएको जनाइएको छ भने अन्य छिमेकी राज्यहरूमा पनि अविरल बर्षाका कारण आएको बाढी तथा पहिरोले जनजीवन प्रभावित बनाएको छ ।
पर्नाम्बुको नौ नगरपालिकामा स्थानीय तहले आपतकालीन अवस्था को घोषणा गरेको छ ।
ताजा अपडेट
-
भारतबाट फर्केका सुदूरपश्चिमका पाँच जनामा कोरोना सङ्क्रमण
-
मुलुकको अर्थतन्त्र विस्तारै लयमा फर्कँदै छ : महासचिव पोखरेल
-
मुन्दुम अन्तर्राष्ट्रिय कला सङ्ग्रहालय भवन निर्माणका लागि तीन करोड बजेट
-
नारायणगढ–बुटवल सडक खण्ड अवरुद्ध
-
मधेश प्रदेशद्वारा ‘बच्चाके स्कुल पठाऊ, साक्षरताके दीप जलाऊ’ कार्यक्रम घोषणा
प्रतिक्रिया