एउटा नवप्रवेशीले उपाधि जित्यो अर्को चौथोमा, दुई सर्वाधिक विजेता पुछारमा
काठमाडौं । इण्डियन प्रिमियर लिग (आइपिएल)को उपाधि नवप्रवेशी टोली गुजरात टाइटन्सले जितेको छ ।
गएराति अहमदावादमा भएको फाइनलमा राजस्थान राजस्थान रोयल्सलाई रोयल्सलाई ७ विकेटले हराउँदै उपाधि जितेको हो ।
आठबाट दुई थपेर १० टोली बनाउने निर्णय भएसँगै गुजरातले यसै वर्ष आइपिएलमा प्रवश पाएको थियो । गुजरातले पहिलो सहभागितामै उपाधि जितेको छ ।

गुजरात लिग चरणमा शीर्ष स्थानमा रहेको थियो । त्यसपछि क्वालिफायर १ जित्दै फाइनलमा पुगेको थियो ।
यस्तै अर्को नवप्रवेशी टोली लखनाऊ सुपर जाइन्ट्स पनि चौथो भएको छ । लिग चरणमा तेस्रो स्थानमा रहँदै प्ले अफमा प्रवेश गरेको थियो । तर, लखनाऊ इलिमिनेटरमा रोयल च्यालेन्जर्स बैंग्लोरसँग पराजित भएपछि समग्रमा चौथो स्थानमा रह्यो ।
क्वालिफायर २ मा पराजित भएपछि बैंग्लोरले भने तेस्रो स्थानमा चित्त बुझाएको छ ।
यस संस्करणको आइपिएलमा चार पटकको विजेता चेन्नई दुई नवौं र सर्वाधिक पाँच पटकको विजेता मुम्बई इण्डियन्सले भने अन्तिम तथा १० औँ स्थानमा चित्त बुझाएका छन् ।

सर्वाधिक पाँचपटक उपाधि जितेको मुम्बईले यो सिजन १४ खेल खेल्दा जम्मा चार खेलमात्र जित्यो । उसले आठ अंक मात्र जोडेको छ । समान अंक हुनका बाबजुद चेन्नई नेटरनरेटका आधारमा नवौं स्थानमा रह्यो ।
अंक तालिका :

ताजा अपडेट
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’
-
भारतको सिक्किममा भएको सुरुङ दुर्घटनामा नौ मजदुरको मृत्यु, १५ जना अझै बेपत्ता
-
श्रम संस्कृति पार्टीका कार्यकर्ता जानकी मन्दिर परिसरभित्र प्रवेश गर्न खोज्दा लखेटिए


प्रतिक्रिया