मदिरा सेवन गरी गाडी चलाएको आरोपमा अमेरिकी सभामुखका पति पक्राउ
काठमाडौं । अमेरिकी संसदका सभामुख न्यान्सी पेलोसीका पति पल पेलोसीलाई मदिरा सेवन गरी गाडी चलाएको आरोपमा पक्राउ गरिएको छ ।
नापा काउन्टीको ‘क्रिमिनल जस्टिस नेटवर्क’का अनुसार गिरफ्तार शनिबार रात मध्यराततिर दुई वटा अभियोगमा उनलाई पक्राउ गरिएको थियो ।
उनको रगतमा अल्कोहलको मात्रा ०.०८ प्रतिशत वा त्योभन्दा बढी रहेको र नशामा भएको समय गाडी चलाएको आरोप उनीविरूद्ध लगाइएको छ ।
रिपोर्टअनुसार पल पेलोसीलाई पाँच हजार अमेरिकी डलर जमानतमा उनलाई आइतबार बिहानै रिहा गरिएका अमेरिकी टेलीभिजन सिएनएनले जनाएको छ ।
‘सभामुखले पूर्वी क्षेत्रमा रहेका समय भएको उक्त घटनालाई निजी भन्दै यस विषयमा आफूले केही प्रतिक्रिया नदिने बताउनुभएको’ सभामुख पेलोसीका प्रवक्ता ड्रु हम्मिलले बताएका छन् । सान फ्रान्सिस्कोका ८२ वर्षीय पल पेलोसी सन् १९६३ मा न्यान्सी पेलोसीसँग विवाह गरेका थिए भने उनीहरुका पाँच सन्तान रहेका छन् ।
ताजा अपडेट
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’
-
भारतको सिक्किममा भएको सुरुङ दुर्घटनामा नौ मजदुरको मृत्यु, १५ जना अझै बेपत्ता
-
श्रम संस्कृति पार्टीका कार्यकर्ता जानकी मन्दिर परिसरभित्र प्रवेश गर्न खोज्दा लखेटिए


प्रतिक्रिया