हवाई सेवालाई सुरक्षित बनाउन सरकारसँग कांग्रेसको माग

काठमाडौं । नेपाली कांग्रेसले यही जेठ १५ गते पोखराबाट जोमसोमका लागि उडेको तारा एयरको यात्रुवाहक विमान दुर्घटनाप्रति दुःख व्यक्त गरेको छ ।
सो विमान मुस्ताङको थासाङ गाउँपालिका-२ को सानोस्वारे भिरमा दुर्घटनाग्रस्त हुँदा विमानमा सवार चालक दलका सदस्यसहित सम्पूर्ण यात्रुका निधन भएको थियो ।
कांग्रेस प्रवक्ता डा प्रकाशशरण महतले आज एक विज्ञप्तिमार्फत यस अकल्पनीय दुर्घटनामा जीवन गुमाउने विमान चालक, सहचालक, परिचारिका र यात्रुहरू सबैमा भावपूर्ण श्रद्धाञ्जलि व्यक्त गर्दै शोकसन्तप्त परिवारजनमा समवेदना प्रकट गरेका छन् ।
नेपालको हवाई सेवालाई सुरक्षित बनाउन सम्भाव्य सबै उपाय अवलम्बन गर्न पनि कांग्रेसले नेपाल सरकारसँग माग गरेको छ ।
ताजा अपडेट
-
पोखरा अन्तरराष्ट्रिय विमानस्थल परिसरमा अत्याधुनिक हवाई इन्धन डिपो निर्माण सम्पन्न
-
नेपाल औषधि लिमिटेडले २० प्रकारका औषधि उत्पादन गर्ने
-
फाँट र खोला किनारमा देखिन छाडे बकुल्ला
-
भिजिट भिसा प्रकरणमा रास्वपाको अडान यथावत्, प्रतिरोध कायम गर्ने निर्णय
-
चोभार गल्छीका ऐतिहासिक चट्टानहरू नहटाइने
प्रतिक्रिया