तारा एयर दुर्घटना : १० जनाको शव पोखरा ल्याइयो
काठमाडाैं । आइतबार तारा एयरको विमान दुर्घटनामा परि मृत्यु भएकामध्ये १० जनाको शव पोखरा ल्याइएको छ ।
नेपाली सेनाको हेलिकप्टरमा दुर्घटनास्थलबाट १० शव पोखरा ल्याइएको हो । पोखरामा हेलिकप्टरमा इन्धन हालेर पुन : उक्त हेलिकप्टर शव बोकेरै काठमाडौँका लागि उड्ने तारा एयरले विज्ञप्तिमार्फत जानकारी गराएको छ । पोखरा विमानस्थलका प्रवक्ता देवराज सुवेदीका अनुसार आज साँझ ६ बजेसम्म १० वटा शव काठमाडौँ ल्याउन लागिएको हो ।
अन्य शवहरू भने दुर्घटना स्थलमै छन् । पोखरा र मुस्ताङमा अहिले भारी वर्षा भइरहेको बताइएको छ । दुर्घटनास्थलमा ११ जनाको शव छ । भने एक जनाको शव अझै नभेटिएकाले खोजी कार्य जारी रहेको जनाइएको छ ।
आइतबार बिहान पोखराबाट जोमसोमका लागि उडेको जहाज बिहान १०: १० मिनेटमा सम्पर्कविहीन भएको थियो । जहाज थासाङको मानापाथी हिमालस्थित नामसारे पहाडमा ठोक्किएर दुर्घटना भएको हो ।
ताजा अपडेट
-
म्याग्दीमा आठ वर्षपछि बृहत् खानेपानी आयोजना कार्यान्वयन हुँदै
-
फेरि बढ्यो सुनको मूल्य, आज कतिमा हुँदैछ कारोबार ?
-
एम्बुलेन्सको ठक्करबाट महिलाको मृत्यु, दुई जना घाइते
-
पृथ्वीराजमार्ग जोड्ने वैकल्पिक रानीटारी–घुम्ती १६ दिन बन्द हुने
-
जेठ १४ गते वागमती सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्ने
प्रतिक्रिया