कसले च्यात्यो ‘कबड्डी –४’को पोस्टर ?
काठमाडौं । अभिनेत्री मिरुना मगरविरद्ध अहिले काठमाडौंका केही हलमा प्रदर्शन भइरहेको छ । उनी अभिनित चलचित्र ‘कबड्डी ४’को प्रदर्शनसमेत रोकिएको छ ।
यतिमात्र होइन प्रदर्शनमा उत्रिएकाहरूले चावहिलस्थित एफक्युब मल्टिप्लेक्समा टाँसिएको ‘कबड्डी –४’को तस्बिर नै च्यातिदिएका छन् ।
एफक्युब सिनेमा हल रहेको भवन केएल टावरबाहिरको स्थिति तनावग्रस्त बनेपछि मध्यान्ह १२ बजेको शो स्थगित गरिएको छ ।
नायिका मिरुनालाई ‘दुर्व्यवहार’ गरेको आरोपमा पक्राउ परेका एक युवकलाई रिहाइ गर्न माग गर्दै प्रदर्शन चर्किएको छ । यही क्रममा पोस्टर च्यातिएको हो ।
मिरुनासँगै धेरै कलाकारको तस्बिर च्यातिएको छ । दयाहाङ राईलाई भने पोस्टरमा देख्न सकिन्छ ।
हलबाहिर तनाव चर्किएपछि ‘कबड्डी –४’को प्रदर्शन रोकियो – NepalWatch
ताजा अपडेट
-
बीपी स्मृति दिवसमा कांग्रेसद्वारा ‘ग्रिन रन’ आयोजना
-
पछिल्लो २४ घण्टामा ६६ वटा विपद्मा घटना, २ जनाको मृत्यु, १२ जना घाइते
-
बुधबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?
-
धान रोपाइँमा हराए गोरु र राँगा, बढ्यो ट्याक्टर र पावर टिलरको प्रयोग
-
कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा भारी वर्षाको पूर्वानुमान


प्रतिक्रिया