मिरुनालाई अभन्द्र व्यवहार गरेको आरोप लागेका युवा रिहा
काठमाडौं । ‘कबड्डी –४’ की अभिनेत्री मिरुनालाई अभन्द्र व्यवहार गरेको आरोप लागेका युवा रिहा भएका छन् ।
जिल्ला प्रशासन कार्यालय काठमाडौंले सोमबार पक्राउ परेका फुर्पा तामाङलाई आज रिहाइ गरेको हो ।
जिल्ला प्रशासन कार्यालयको रोहबरमा तामाङलाई रिहा गरिएको काठमाडौं प्रहरीका प्रवक्ता दिनेश मैनालीले जानकारी दिए ।
अभद्र व्यवहारको कसुरमा तामाङमाथि प्रहरीको अनुसन्धान भने जारी रहने उनले भनाइ छ ।
तामाङले सुन्धारास्थित सिभिल मलमा आफूमाथि दुर्व्यवहार गरेको भन्दै मिरुनाले प्रहरीमा उजुरी दिएकी थिइन् । उजुरीपछि लामालाई पक्राउ गरी जनसेवा प्रहरी वृत्तमा राखिएको थियो ।
तामाङको पक्षमा प्रदर्शन भएपछि आज उनलाई रिहा गर्न दबाव बढेको बताइएको छ ।
ताजा अपडेट
-
भन्सार छलीको आशङ्कामा सशस्त्र प्रहरीद्वारा ७७४ वटा गाडी नियन्त्रणमा
-
अमेरिकी संसदद्वारा ट्रम्पलाई इरानमा सैन्य कारवाही विस्तार गर्नबाट रोक्ने प्रस्ताव पारित
-
हुलाकमार्फत घरघरमै राहदानी
-
यस्तो छ आजका लागि कृषि उपजको थोक मूल्य
-
ट्राफिक कारबाहीमा एकै दिन २२ लाख ७६ हजार राजस्व संकलन


प्रतिक्रिया