निर्वाचन सार्न माग गर्दै दिइएको निवेदन दर्ता गर्न सर्वोच्चको आदेश
काठमाडौं । स्थानीय निर्वाचनको मिति सार्न दिइएको निवेदन दर्ता गर्न सर्वोच्च अदालतले आदेश दिएको छ ।
आगामी वैशाख ३० मा स्थानीय निर्वाचन गर्दा आफ्नो ५ वर्षे कार्यकाल पूरा नहुने भन्दै महोत्तरीको भंगाहा नगरपालिका प्रमुख सञ्जीवकुमार साहले दिएको रिट दर्ता गर्न सर्वोच्चले आज आदेश दिएको हो ।
न्यायाधीश ईश्वर खतिवडाको एकल इजलासले दरपीठको निर्णय बदर गरी रिट दर्ता गर्न आदेश दिएको हो ।
यसअघि गत बुधवार सर्वोच्चका रजिस्ट्रार नारायणप्रसाद पन्थीले स्थानीय तह निर्वाचनसम्बन्धी ऐनको व्यवस्था देखाउँदै उक्त रिट दरपीठ गरिदिएका थिए । आज सोही दरपीठ बदर भएको छ ।
यससँगै स्थानीय निर्वाचनको मुद्दा अदातलसम्म पुगेको छ ।
ताजा अपडेट
-
बाढीपछि पर्यटन क्षेत्रको पुनरुत्थानका लागि सरकार र निजी क्षेत्रबीच सहकार्य
-
संयुक्त राष्ट्रसङ्घले नेपाललाई चार करोड ९६ लाख अमेरिकी डलर सहयोग गर्ने
-
रसुवा बाढी : १२ सय ९५ शव फेला, झन्डै पाँच हजार अझै बेपत्ता
-
जनकपुरका राजगुठीअन्तर्गतका पोखरी अतिक्रमण हटाउने दोस्रो चरणको प्रक्रिया शुरु, ७ दिने सार्वजनिक सूचना जारी
-
श्रीराम न्यौपानेको गुनासो– फसेकाको छिट्टै उद्धार गर्न खोज्दा हामीमाथि आक्रमण भो


प्रतिक्रिया