सशस्त्रको घुमुवा हतियार किनबेचमा

काठमाडौं । बर्दिबासस्थित सशस्त्र प्रहरीको वाहिनीबाट बारामा खटिएका चार प्रहरी अवैध हतियार किनबेचमा संलग्न भएको खुलेको छ ।
गत वैशाख २४ मा चुनावको चहलपहल बढेका बेला बाराको सीमावर्ती सिम्रौनगढ नगरपालिका–९, बसबरियाबाट दुई पेस्तोल, त्यसमा प्रयोग हुने चार गोलीसहित दुई भारतीय युवक पक्राउ परेका थिए । त्यसमा वाहिनीबाट खटिएका वरिष्ठ हवल्दार अशोक साह, सहायक हवल्दारद्वय आत्माराम पटेल, रत्नसागर झा र जवान सुनीलकुमार यादव पनि संलग्न रहेको प्रहरी अनुसन्धानबाट खुलेको हो ।
उनीहरू सबै घरपायक सिभिल ड्युटीमा थिए । अशोक र सुनील सिम्रोनगढकै छेउमा पर्ने बाराको पचरौताका हुन् भने आत्माराम र रत्नसागर रौतहटका हुन् ।
घटनापछि उनीहरू बर्दिबास वाहिनीमा तानिएका हुन् ।
हतियारसहित पक्राउ परेकाहरूमा भारत घोडासहनत थानाअन्तर्गत लौखान –पञ्चायत १ का अखिलेशकुमार सिंह र भेलवा पञ्चायत १४ का पप्पु यादव छन् । उनीहरूको वयानका आधारमा जेठ ५ मा लौखानकै लालबाबु भनिने मधुवेन्द्र कुसवाहा पक्राउ परेपछि हतियार किनबेचमा सशस्त्र प्रहरीको संलग्नता खुलेको अपराध अनुसन्धानका एक प्रहरी अधिकारीले बताए, आजको कान्तिपुर दैनिकमा खबर छ ।
ताजा अपडेट
-
भारतबाट फर्केका सुदूरपश्चिमका पाँच जनामा कोरोना सङ्क्रमण
-
मुलुकको अर्थतन्त्र विस्तारै लयमा फर्कँदै छ : महासचिव पोखरेल
-
मुन्दुम अन्तर्राष्ट्रिय कला सङ्ग्रहालय भवन निर्माणका लागि तीन करोड बजेट
-
नारायणगढ–बुटवल सडक खण्ड अवरुद्ध
-
मधेश प्रदेशद्वारा ‘बच्चाके स्कुल पठाऊ, साक्षरताके दीप जलाऊ’ कार्यक्रम घोषणा
प्रतिक्रिया