भारतीय गायक केकेको निधन
काठमाडौं । कन्सर्टमा गीत गाउँदा गाउँदै अस्वस्थ भएर अस्पताल लगिएका भारतीय गायक केके (कृष्णकुमार कुन्नथ) को निधन भएको छ ।
मंगलबर साँझ कलकत्तामा सांगीतिक प्रस्तुति दिइरहेका केके अस्वस्थ भएपछि उनलाई कलकत्ताकै मेडिकल रिचर्स इन्स्टिच्युट अस्पताल पुर्याइएको थियो । तर चिकित्सकले उनलाई मृत घोषणा गरे ।
उनलाई हृदयघात भएको बताइएको छ । तर अस्पतालले यसबारे केही खुलाएको छैन ।
उनको निधनप्रति भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले दुःख व्यक्त गर्दै श्रद्धाञ्जली व्यक्त गरेका छन् ।
५३ वर्षीय केकेले हिन्दी भाषाका २ सयभन्दा धेरै गीतमा स्वर दिएका छन् ।
ताजा अपडेट
-
नेपाली भूमिमा पुनः पाइला टेक्दै छु, सरकार प्रतिशोधात्मक बन्न सक्छ : शेरबहादुर देउवा
-
शिक्षा-स्वास्थ्यको कर खारेजीको निर्णय सही छ, अब बिजुलीको पनि हटाउनु पर्छ : गगन थापा
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’


प्रतिक्रिया