विप्लव नेतृत्वको नेकपाले असोजमा महाधिवेशन गर्ने
काठमाडौं । विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को महाधिवेशन आगामी असोजमा हुने भएको छ ।
हेमन्तप्रकाश ओली ‘सुदर्शन’, धर्मेन्द्र बास्तोलाको बहिर्गमनपछि पहिलोपटक बसेको सो पार्टीको केन्द्रीय समिति बैठकले असोजमा पार्टीको महाधिवेशन गर्ने निर्णय गरेको हो ।
स्थानीय तह निर्वाचन उपयोगको विषयलाई लिएर मतान्तर बढेपछि सुदर्शन र बास्तोलाले सो दलबाट अलग भएर नेकपा (बहुमत) गठन गरेका छन् ।
नेकपाका एक केन्द्रीय नेताले असोज १ गतेदेखि पार्टीको नवौं महाधिवेशन गर्ने निर्णय भएको जानकारी दिए ।
जेठ १७ गतेसम्म पाँच दिन चलेको बैठकले विप्लवले प्रस्तुत गरकेो राजनीतिक प्रतिवेदन पास गर्नुका साथै समसामयिक राजनीतिक विषयमा छलफलसमेत गरेको छ ।
ताजा अपडेट
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’
-
भारतको सिक्किममा भएको सुरुङ दुर्घटनामा नौ मजदुरको मृत्यु, १५ जना अझै बेपत्ता
-
श्रम संस्कृति पार्टीका कार्यकर्ता जानकी मन्दिर परिसरभित्र प्रवेश गर्न खोज्दा लखेटिए


प्रतिक्रिया