टिभी कार्यक्रममार्फत् २० महिलाले एकैपटक लगाए पत्रकारमाथि बलात्कारको आरोप

पेरिस । फ्रान्सका चर्चित टिभी पत्रकार प्याट्रिक पिभर डिभोइरमाथि २० जना महिलाले बलात्कारको आरोप लगाएका छन् । ती सबै महिलाले डिभोइरमाथि एकैसाथ आरोप लगाएका हुन् ।
प्याट्रिकले आफ्नो लामो करिअरमा दर्जनौं महिलालाई बलात्कार गरेको आरोप छ । तर, प्याट्रिकले आफूमाथि लागेको आरोप अस्वीकार गरेका छन् । फ्रेन्च वेब टिभी ‘मिडियापोर्ट’ को एक कार्यक्रममा २० जना महिलाले आफ्नो पीडा सेयर गरेका हुन् ।
यो फ्रान्समा अहिलेसम्मकै ठूलो मिटू मुद्दा हो । अहिलेसम्म एकैपटक यति धेरै महिलालाई बलात्कार गरेको आरोप कसैमाथि लागेको छैन । प्याट्रिकमाथि आरोप लगाउने महिलाको उमेर २८ वर्षदेखि ६३ वर्षसम्म रहेको थियो । बलात्कार र यौन उत्पीडनका धेरैजसो घटनाहरू सन् १९८०-९० सम्मका हुन् ।
बलात्कारको आरोप लगाउने महिलाहरुले यसभन्दा अगाडि प्याट्रिकको हैसियत निकै उच्च भएकाले आफूहरुको समस्या कसैले विश्वास नगर्ने अवस्थाका कारण व्यक्ति नगरेको बताएका छन् । प्याट्रिकलाई आरोप लगाउने महिलामा उनका पूर्व सहायकदेखि लिएर विद्यालयका शिक्षक, पत्रकार र अन्य महिला छन् । तिनीहरूमध्ये कतिपयले प्याट्रिकले उनलाई बलात्कार गर्दा आफू नाबालिग भएको बताए ।
यी महिलाहरूले प्याट्रिकमाथि षड्यन्त्र गरेकाे भन्ने आरोप निराधार रहेकाे बताएका छन् । उनीहरूले त्यहाँ जानुअघि धेरैले एकअर्कालाई नचिनेकाे पनि बताए ।
उनले आरोप लगाउने १६ जना महिलाविरुद्ध मानहानिको मुद्दासमेत दायर गरेका छन् । प्याट्रिक फ्रान्समा धेरै लोकप्रिय छन् । सन् १९७५ देखि २००८ सम्म उनी फ्रान्सको सबैभन्दा लोकप्रिय टिभी पत्रकार थिए । ७४ वर्षीय प्याट्रिकले सन् १९७५ मा एंकरिङ सुरु गरेका थिए । उनको कार्यक्रमलाई फ्रान्समा धेरै लोकप्रिय भयो र उनलाई टिभी किङको नाम दिइयो ।
ताजा अपडेट
-
एमसीसीलाई निरन्तरता दिने अमेरिकी सरकारको निर्णय
-
बङ्गलादेशकी पूर्व प्रधानमन्त्री हसिनालाई ६ महिनाको जेल सजाय
-
राष्ट्रियसभालाई विधेयकमा दुईवर्षे कुलिङ पिरियडको व्यवस्था गर्न अनुरोध गर्ने समितिको निर्णय
-
आर्थिक विधेयक र राष्ट्र ऋण उठाउने विधेयक राष्ट्रियसभाबाट स्वीकृत
-
अर्थमन्त्री पौडेलको दाबी-‘बजेट लोकतन्त्र र गणतन्त्रको मर्म अनुसार आएको छ’
प्रतिक्रिया