वितरणमुखी बजेट आयो : प्रतिपक्ष दल
काठमाडाैं । प्रतिनिधिसभाको आजको बैठकमा आर्थिक वर्ष २०७९/८० को बजेटअन्तर्गत राजस्व र व्ययको वार्षिक अनुमानमाथिको छलफलमा प्रतिपक्षि दलका नेताले वितरणमुखी बजेट आएको भन्दै आलोचना गरेका छन् ।
छलफलमा भाग लिँदै प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) का सांसद भानुभक्त ढकालले सुकुम्बासी समस्या समाधान गर्न बजेटमा व्यवस्था गरिनु सकारात्मक भएको तर निर्वाचन केन्द्रित बजेट वितरणमुखी विनियोजन गरेकामा आलोचना गरे ।
अर्का सांसद हृदयेश त्रिपाठीले योगदानका आधारमा पेन्सन दिने कसरी भन्दै प्रश्न गरे । कृषि क्षेत्रमा लगानी गर्ने भनिए पनि त्यो किसानमुखी नहुने देखिएको उल्लेख गर्दै उनले सहकारीलाई १० करोडसम्मको ठेक्का गर्न दिने व्यवस्था उपयुक्त हुने नदेखिएको बताए ।
राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद राजेन्द्र लिङ्देनले बजेटले मूल्य वृद्धि रोक्न नसक्ने बताए । प्रतिनिधिसभामा राजस्व र व्ययको वार्षिक अनुमानमाथिको छलफलमा भाग लिँदै उहाँले चुनावमुखी र वितरणमुखी बजेटले जीवन परिवर्तन गर्न नसक्ने जिकिर गरे । बजेटको आम्दानीका स्रोत के हुन् भनी प्रश्न गर्दै उनले वैदेशिक सहयोग र ऋणबाट बजेट बनाउँदा कार्यान्वयनको सम्भावना नहुने र परम्परागत बजेट आएकाले स्वदेशी उत्पादनलाई अनिवार्य प्रयोग गर्नमा जोड नदिइएको बताए ।
राष्ट्रिय जनमोर्चाका सांसद दुर्गा पौडेलले जमिनमाथिको वितरण न्यायोचित भएमा मात्र कृषि उत्पादन वृद्धि हुने बताए । प्रतिनिधिसभामा राजस्व र व्ययको वार्षिक अनुमानमाथि जारी छलफलमा उनले देशको स्वतन्त्रता, स्वाभिमान र राष्ट्र हितलाई ख्याल गरेर मात्र वैदेशिक सहयोग लिनुपर्नेमा जोड दिए ।
उनले स्वदेशी उद्योगलाई संरक्षण गर्नुपर्ने र अपार्टमेन्ट खरिद गर्न विदेशीलाई अनुमति दिन नहुने बताए । उनले महिलामाथिको बढदो हिंसा, बलात्कार रोक्न बजेटमा व्यवस्था नभएकामा ध्यानाकर्षण गराउँदै बलात्कृत महिलाको जीवनयापनको जिम्मेवारी राज्यले लिनुपर्नेमा जोड दिए ।
ताजा अपडेट
-
संसदमा रवि लामिछानेको टेलिभिजन प्रस्तोताको शैली, गगनदेखि चित्रबहादुरसम्मलाई संगिन आरोप
-
श्रीलंकामा आर्थिक संकटका कारण रोकिएको विद्यार्थीको स्वास्थ्य बिमा कार्यक्रम पुनः सञ्चालन
-
‘केटी काण्ड’ले प्रहरी जवानको हत्या
-
मेची भन्सारबाट एघार अर्ब भन्दा बढी राजस्व संकलन
-
मौद्रिक नीतिको प्रभावले सेयर बजारमा हरियाली
प्रतिक्रिया