सेयर बजार निरन्तर ओरालो, कारोबार रकम १ अर्ब ७ करोडमा खुम्चियो
काठमाडाैं । बुधबार पनि सेयर बजार ओरालो लागेको छ । नेपाल स्टक एक्सेञ्जका अनुसार आज नेप्से ७.२१ अंकले घटेर २१३०.७१ विन्दुमा झरेको छ । आज सेन्सेटिभ इण्डेक्स १.१७ अंकले घटेर ४१४.४७ विन्दुमा पुगेको छ ।
आज २२७ कम्पनीको ३ लाख २० हजार ६७ सेयर कित्ता सेयर खरिद बिक्री हुँदा १ अर्ब ७ करोड ८४ लाख ८४ हजार १८२ रुपैयाँ बराबरको कारोबार भएको छ । बुधबार कारोबारमा आएका १३ उपसमूहमध्ये ३ उपसमूहको परिसूचक बढेको छ भने बाँकीको ओरालो लागेको छ ।
आज बढ्ने उपसमूहमहरुमा विकास बैंक, जलविद्युत र वित्तको १ प्रतिशतभन्दा कम अंकले बढेको छ । बुधबार ओरालो लाग्ने उपसमूहरुमा नीर्जीवन बीमा कम्पनीको सबैभन्दा धेरै १.७५ प्रतिशतले सेयरमूल्य घटेको छ । त्यस्तै जीवन बीमा कम्पनीको १.५ प्रतिशतले घटेको छ । बाँकी उपसमूह १ प्रतिशत भन्दा कमले घटेको छ ।
नेप्से घटेपनि आज मैलुङ खोला जलविद्युत कम्पनीको सेयरमा सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ ।
यस दिन कम्पनीको शेयरमूल्य यस १० प्रतिशत बढेको छ । त्यस्तै बलेफी हाइड्रोपावरको सेयरमूल्य ९.९४ प्रतिशत बढेको छ । आज शिखर इन्स्योरेन्सको सेयरमा नकारात्मक सर्किट लेभलमा कारोबार भएको छ । सो बैंकको सेयरमूल्य १० प्रतिशतले घटेको छ ।
कारोबार रकमका आधारमा आज नेपाल नेपाल इन्भेष्टमेन्ट बैंकको सबैभन्दा धेरै १२ करोड १३ लाख ७३ हजार रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । त्यसैगरी हिमालयन डिष्टिलरीको ४ करोड ६८ लाख १० हजार रुपैयाँ बराबरको कारोबार भएको छ ।
ताजा अपडेट
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’
-
भारतको सिक्किममा भएको सुरुङ दुर्घटनामा नौ मजदुरको मृत्यु, १५ जना अझै बेपत्ता
-
श्रम संस्कृति पार्टीका कार्यकर्ता जानकी मन्दिर परिसरभित्र प्रवेश गर्न खोज्दा लखेटिए


प्रतिक्रिया