इटालीलाई हराउँदै अर्जेन्टिना बन्यो ‘ग्राण्ड फाइनल’ च्याम्पियन

काठमाडौं । इटालीलाई हराउँदै अर्जेन्टिना युरोकप विजेता र कोपा अमेरिका विजेताबीचको विजेता बनेको छ ।
बेलायतको लण्डनमा भर्खरै सम्पन्न ‘ग्राण्ड फाइनल’मा युरोपियन च्याम्पियन इटालीमाथि ३–० को सहज जित निकाल्दै दक्षिण अमेरिकी च्याम्पियन अर्जेन्टिनाले उपाधि जितेको हो ।
अर्जेन्टिनाको जितमा लाउटारो मार्टिनेज, एंगेल डि मारिया र पाउलो डिबालाले एक–एक गरे । मार्टिनेज एक गोलका लागि सहयोगीसमेत बने ।
कप्तान लियोनल मेसी दुई गोलका लागि सहगोगी बने । उनले गोलका धेरै प्रयास गरेका थिए । तर, इटालियन गोलकिपर गियानलुइजी डोनारुमा बाधक बनेका थिए ।
उत्कृष्ट खेल पस्किएका मेसी खेलको प्लेयर अफ दि म्याच चुनिए ।
उपमेयर सुनीताको समर्थन अर्जेन्टिनालाई – NepalWatch
विश्वकपमा छनोट नभएको पीडा भुल्न चाहन्छ इटाली, आफ्नै रेकर्ड तोड्ने अर्जेन्टिनाको लक्ष्य – NepalWatch
ताजा अपडेट
-
नेपाल राष्ट्र बैंकको प्रवक्तामा किरण पण्डित नियुक्त
-
विपक्षीको अडान कायमै : प्रतिनिधि सभाको बैठक भोलि दिउँसो १ बजेलाई सारियो
-
पर्वतमा जेठदेखि नै धान र कोदो रोपाइँ
-
राष्ट्रियसभामा पनि गृहमन्त्री लेखकको राजीनामा माग
-
धुलिखेल-खावा सडक : पुनःठेक्कामा जान अर्थको सहमति कुर्दै सडक डिभिजन
प्रतिक्रिया