अमेरिकामा फेरि अर्को बन्दुक आक्रमण, चार जनाको ज्यान गयो
काठमाडौं । अमेरिकामा फेरि अर्को बन्दुक आक्रमण भएको छ । ओकलाहोमाको तुलसास्थित एक हस्पिटलमा बुधबार भएको आक्रमणमा चार जनाले ज्यान गुमाएका छन् । केही घाइते छन् ।
प्राथमिक विद्यालयमा केही दिनअघि २१ जनाको ज्यान जानेगरी बन्दुक आक्रमण भएको घटना सेलाउन नपाउँदै त्यहाँ पुनः अर्को गोलीकाण्ड भएको हो ।
अधिकारीहरूले राइफल र ह्याण्डगन बोकेको व्यक्तिले अस्पतालमा प्रवेश गरेर गोली चलाएको र ज्यान जनाको ज्यान लिएको जनाएका छन् ।
अरूको ज्यान लिने आक्रमणकारीको पनि मृत्यु भएको छ ।
आक्रमणकारी को हुन् र तिनले केका लागि अस्पताल प्रवेश गरेर गोली चलाए भन्ने खुलेको छैन ।
बिबिसी समाचारमा जनाइएअनुसार स्थानीय समयअनुसार अपराह्न ४ः२२ बजे घटना भएको तीन मिनेटमै प्रहरी घटनास्थल पुगेको थियो । प्रहरीले घटनामा केही घाइते रहे पनि थप व्यक्तिको मृत्यु हुने सम्भावना नरहेको जनाएको छ ।
अमेरिकाले आफ्ना नागरिकलाई बन्दुकमा दिएको पहुँच दुरूपयोग हुँदा यो अधिकार टाउको दुखाइको विषय बनेको छ । बन्दुक आक्रमणका घटनाको बढोत्तरीपछि यो व्यवस्था हटाउनुपर्ने बहस अमेरिकामा लामो समयदेखि उब्जिरहेको छ । तथापि, पुनर्विचार भएको छैन । क्यानडा सरकारले भने नागरिकलाई बन्दुक राख्न दिने निर्णय परिमार्जन गर्न हालै संसदमा प्रस्ताव पेश गरेको छ । त्यो प्रस्ताव संसद्ले पारित गरेमा क्यानडाका नागरिकले बन्दुक राख्न पाउने छैनन् ।
ताजा अपडेट
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’
-
भारतको सिक्किममा भएको सुरुङ दुर्घटनामा नौ मजदुरको मृत्यु, १५ जना अझै बेपत्ता
-
श्रम संस्कृति पार्टीका कार्यकर्ता जानकी मन्दिर परिसरभित्र प्रवेश गर्न खोज्दा लखेटिए


प्रतिक्रिया