जार र बोत्तलको पिउने पानीको मूल्य बढ्यो, आजबाट लागू
काठमाडाैं । प्रशोधित पिउने पानी उत्पादकहरुले जार र बोत्तलको पानीको मूल्य वृद्धि गरेका छन् । आजरबाट लागू हुनेगरी नेपाल प्रशोधित पिउने पानी उत्पादकहरुले पानीको मूल्य वृद्धि गरेका हुन्।
नेपाल बोत्तल वाटर इन्डष्ट्रिज एशोसिएसनले जार तथा बोत्तलको पिउने पानीको नयाँ मूल्य सार्वजनिक गरेको हो । एशोसिएसनले सार्वजनिक गरेको मूल्यअनुसार प्रशोधित पिउने पानीको एक लिटरको बोत्तलको फ्याक्ट्री मूल्य १६ रुपैयाँ कायम हुनेछ भने २० लिटरको एक जार पिउने पानीको मूल्य भने ४७ रुपैयाँ पर्नेछ। वाटर इन्डष्ट्रिज एशोसिएसनले जार तथा बोत्तलको पिउने पानीको नयाँ मूल्य सार्वजनिक गरेको हो।
२०७६ सालमा वाणिज्य विभागकै सहमतिमा तोकिएको नयाँ मूल्य विवादमा परेपछि रोकिएको र अहिले संसदीय समितिले अनुमति दिएपछि मूल्य समायोजन गरिएको एशोसिएसनको दाबी छ । विभागले २० लिटरको जारको पानीको मूल्य ५० रुपैयाँ र बोत्तल बन्द एक लिटरको पानीको मूल्य १६ रुपैयाँ तोकेको थियो ।
ताजा अपडेट
-
कोप-३१ मा नेपालको प्राथमिकता: जलवायु न्याय, अनुकूलन र हानि-नोक्सानी
-
वर्षमा एक दिन खुल्ने तलेजु भवानी मन्दिर भोलि सर्वसाधारणका लागि खुला
-
ओमानलाई हराउँदै नेपालले जोगायो ओडीआई मान्यता
-
चाडपर्व लक्षित सीमा सुरक्षामा सशस्त्र प्रहरीको सक्रियता, सुनसरीमा गस्ती तथा निगरानी तीव्र
-
एनपीएलमा एक्स्ट्रीमको रौनक, सात टिमको स्पेशल क्यान सबैको हातमा


प्रतिक्रिया