घुस लिँदालिँदै विद्यालयका प्रधानाध्यापक र अध्यक्ष पक्राउ
काठमाडौं । महोत्तरीको एक विद्यालयका प्रधानाध्यापक र अध्यक्ष घुस लिँदालिँदै पक्राउ परेका छन् ।
एकडारा गाउँपालिका १ स्थित एकडारा माध्यमिक विद्यालयका प्रधानाध्यापक रामदिनेश मण्डल र व्यवस्थापन समितिका अध्यक्ष विनाद पासवान घुस लिँदैगर्दा रकमसहित पक्राउ परेका हुन् ।
उनीहरूलाई ५० हजार रुपैयाँ घुस लिइरहेको अवस्थामा जलेश्वर नगरपालिका २ स्थित मामाज किचेन होटलबाट अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले पक्राउ गरेको हो ।
विद्यालयमा भवन निर्माण प्रयोजनको भुक्तानीको लागि सेवाग्राहीबाट प्रधानाध्यापक र अध्यक्षले घुस मागिरहेको अवस्थामा पक्राउ गरिएको अख्तियारले जनाएको छ ।
‘घुस लिइरहेको सूचनाका आधारमा अख्तियारले काठमाडौं र बर्दिबासको संयुक्त टोली होटल पुगेको थियो,’ अख्तियारले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।
अख्तियारले घटनास्थलमा स्थानीय जनप्रतिनिधिको उपस्थितिमा मुचुल्का तयार पारेर पक्राउ परेका दुबै जनालाई थप अनुसन्धान तथा कारबाही गर्न कार्यालय बर्दिबास लगेको छ ।

ताजा अपडेट
-
अमेरिकी आक्रमणपछि इरान-अमेरिका तनाव थप चर्कियो
-
प्रतिनिधिसभाको शिक्षा समितिद्वारा पाँच विषयगत उपसमिति गठन
-
इबोला भाइरस रोकथाममा मन्त्रालयको उच्च सतर्कता
-
अध्ययन बिदा दुरुपयोग गरेका ४१ त्रिविका प्राध्यापकबाट दश करोडभन्दा बढी असुल
-
‘भारतीय प्रधानमन्त्री मोदीसँगको भेटवार्ता फलदायी र महत्वपूर्ण’ : रवि लामिछाने


प्रतिक्रिया