‘आइएमई पे’ले ल्यायो ‘रिफर एन्ड अर्न’ अफर, २५ रुपैयाँ बोनस पाइने
काठमाडाैं । आइएमई पेले प्रयोगकर्ता माझ ‘रिफर एन्ड अर्न’ अफर ल्याएको छ । यस अफरअन्तर्गत आइएमई पे एपका प्रयोगकर्ताहरूले आफ्नो एपमा रहेको ‘रिफर कोड’ आफ्नो साथी-भाइमाझ सेयर गर्नुपर्ने जनाएको छ ।
प्रापकले सो कोड स्वीकारेर आइएमई पे एप डाउनलोड गरी केवाइसी रुजु भएर प्रयोग गरेपछि दुवै जनाले २५ रुपैयाँ आफ्नो आइएमई पे वालेटमा प्राप्त गर्नेछन् । प्रयोगकर्ताहरुले एउटा रिफर कोड धेरै पटक प्रयोग गर्न मिल्ने जनाएको छ ।
यस अफरको उद्देश्य आफ्नो सम्भावित ग्राहकलाई आइएमई पे एप डाउनलोड गरी डिजिटल भुक्तानी माध्यममा परिणत हुन प्रोत्साहन दिने ‘आइएमई पे’ले जनाएको छ ।
ताजा अपडेट
-
सहकारी ठगीमा संसदीय समिति बनाउन सहमति, कानूनमन्त्रीको नेतृत्वमा मस्यौदा कार्यदल गठन
-
राष्ट्रिय परिचयपत्र हुनेले अब लाइसेन्स बोक्नु नपर्ने
-
२५ चालकमाथि चेकजाँच हुँदा ६ जनाले लागुऔषध सेवन गरेर सवारी चलाएको भेटियो
-
नेपाल प्रहरीका चार एसएसपीको डिआइजीमा बढुवा सिफारिस, यही ब्याचबाट आइजिपी हुने
-
ट्रकको ठक्करबाट धादिङमा मोटरसाइकल चालकको मृत्यु
प्रतिक्रिया