मिलापत्रमा मिरुनासँग माफी मागेका फुर्पाले बोली बदले
काठमाडौं । कबड्डी ४ की अभिनेत्री मिरुना मगरलाई ‘ब्याड टच’को आरोप लागेर माफी मागेका बौद्ध भिक्षु फुर्पा तामाङले बोली बदलेका छन् । उनले बोली बदलेको भिडियो अहिले सामाजिक सञ्जालमा छाइरहेको छ ।
अभिनेत्री मिरुनाले चलचित्र चलाउन र आफूलाई बचाउन माफी मागिदिन रोइकराइ गरेका कारण आफूले मिलापत्रमा हस्ताक्षर गरेको उनले बताएका छन् ।
‘१५ मिनेट पछि हामी मिलेको कापी आएन भने फिलिम बन्द गर्ने कुरा आएको मिरुनाले रुँदै बताइन् । उहाँले छिटो मिलापत्र गरौँ भनेपछि मलाई माया लाग्यो । केही हुँदैन होला भनेर उनलाई बचाउन मैले मिलापत्रमा हस्ताक्षर गरेँ,’ उनले भनेका छन्, ‘उनीहरूलाई पनि चलचित्र चलाउनुपर्ने थियो । चलचित्र र मिरुनालाई बचाउनलाई मैले मेरै गल्ती भएको भनेँ । मान्छेहरूले उहाँलाई धेरै गाली गरे । उहाँलाई त्यसबाट बचाउनलाई मैले माफी मागेको कागज बनाइएको हो ।’
नायिका भनेर सबैले सेल्फी खिचिरहेकाले आफू पनि मिरुनाको छेउमा गएर तस्बिर खिचेको त्यहीबेला आफूले नजानेरै उनलाई छोएको हुनसक्ने फुर्पाले बताएका छन् ।
मिरुनाले एक्कासी गाली गर्दै पिटेपछि आफूले डराएर माफी मागेको उनको भनाइ छ ।
यस्तो थियो मिलापत्र :

ताजा अपडेट
-
बीपी स्मृति दिवसमा कांग्रेसद्वारा ‘ग्रिन रन’ आयोजना
-
पछिल्लो २४ घण्टामा ६६ वटा विपद्मा घटना, २ जनाको मृत्यु, १२ जना घाइते
-
बुधबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?
-
धान रोपाइँमा हराए गोरु र राँगा, बढ्यो ट्याक्टर र पावर टिलरको प्रयोग
-
कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा भारी वर्षाको पूर्वानुमान


प्रतिक्रिया