युरोपेली संघद्वारा रुसबाट इन्धन ल्याउन प्रतिबन्ध
काठमाडौं (एजेन्सी) । युरोपेली संघले रूसबाट इन्धन ल्याउन प्रतिवन्ध लगाउने औपचारिक निर्णय शुक्रबार गरेको छ ।
रूसले युक्रेनमाथि आक्रमण गरेको १०० दिन पुगे पनि आक्रमण नरोकिएकाले इन्धन आयात प्रतिबन्ध गरेर संघले दबाब दिएको हो ।
रूसबाट इन्धन आयातमा प्रतिबन्ध लगाउनुपर्ने बारेमा लामो छलफलपछि संघले शुक्रबार मात्रै औपचारिक निर्णय गरेको जनाइएको छ ।
यसअघि २७ देशले रुसी उच्च अधिकारीहरुलाई आफ्नो देश प्रवेशमा प्रतिबन्ध लगाएका छन् । त्यसको जवाफमा रूसले पनि कतिपय देशका उच्च अधिकारीहरूलाई आफ्नो देश प्रवेशमा रोक लगाएको छ ।
रूसले युक्रेनमाथि आक्रमण गरेकोमा धेरै देशले विरोध जनाएका छन् भने अधिकांश अन्तर्राष्ट्रिय निकायहरूले वार्तामार्फत् विवाद अन्त्य गर्न आग्रह गर्दै आएका छन् ।
रूसले युक्रेनमा आक्रमण सुरु गरेपछि विश्व राजनीति र अर्थतन्त्रमा समेत नकारात्मक असर परेको छ । इन्धन व्यापारमा प्रभाव परेकाले विश्वका धेरै देशको अर्थतन्त्रमा नकारात्मक असर परेको हो ।
ताजा अपडेट
-
अमेरिकी संसदद्वारा ट्रम्पलाई इरानमा सैन्य कारवाही विस्तार गर्नबाट रोक्ने प्रस्ताव पारित
-
हुलाकमार्फत घरघरमै राहदानी
-
यस्तो छ आजका लागि कृषि उपजको थोक मूल्य
-
ट्राफिक कारबाहीमा एकै दिन २२ लाख ७६ हजार राजस्व संकलन
-
परराष्ट्रमन्त्री खनाल शनिबारदेखि तीनदिने औपचारिक भ्रमणमा भारत जाँदै


प्रतिक्रिया